धनकुटा: धनकुटाको साँगुरीगढी गाउँपालिका वडा नं ५ स्थित डाँडाबजारमा शालिकसहितको स्व. भगिश्वर थेगिमहाङ लिम्बू मेमोरियल पार्कको उद्घाटन भएको छ ।

नेपाल सरकारका उपप्रधानमन्त्री तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादबले आइतबार एक समारोहबीच पार्कको उद्घाटन गरेका हुन् । सोही कार्यक्रममा समाजसेवी भगिश्वर थेगिमहाङको जीवनीको पनि विमोचन गरिएको थियो । भगिश्वरको शालिक उनका श्रीमती दुर्गादेबी लिम्बू र उपप्रधानमन्त्री यादवले संयुक्तरुपमा अनावरण गरेका थिए । पञ्चायतकालमा दुई कार्यकाल प्रधानपञ्च पनि भएका लिम्बू गोर्खा दक्षिणबाहुबाट सम्मानित पनि भएका थिए । डाँडाबजारमा बस्ती बसाल्न योगदान दिएका उनले त्यहाँको गरिब दुःखीको लागि खाद्य गोदामको स्थापना पनि गरेका थिए ।

58373117_1362584823883944_7

चौबिसे क्षेत्रमा कात्तिके मुहानबाट खानेपानी ट्याङ्की निर्माण गराउन, २०२९ सालमा स्वास्थ्य चौकी बनाउन, डाडाबजार धरान जोड्ने गोरेटो बाटो खन्न पनि उनको योगदान थियो । यस्तै, उनकै नेतृत्वमा ध्वजे डाँडा सामुदायिक वन संरक्षण भएको थियो भने । उनी भानु माबिमा समेत बिद्यालय सहयोग समितिको अध्यक्ष पनि रहेको पार्क निर्माण तथा संरक्षण समितिले जनाएको छ ।

समारोहलाई सम्बोधन गर्दै संघीय समाजवादी फोरमका अध्यक्षसमेत रहेका उपप्रधानमन्त्री यादवले सबै क्षेत्र, भूगोल र समुदायको सन्तुलित बिकास गरेर अघि बढ्ने बताए । विविधतामा एकता र एकतालाई संगठित गर्ने अवसर भएको भन्दै त्यही अनुसार अगाडि बढ्नुपर्ने उनले बताए । समारोहलाई पुर्वमन्त्री एबम फोरमका उपाध्यक्ष रकम चेम्जोङ, केन्द्रिय सदस्य आङ्काजी शेर्पा, पुर्व सांसद दुर्गा लिङ्खाले पनि सम्बोधन गरेका थिए ।

dadabazar1