इटहरी : सुजुकी फोर ह्वीलर इटहरीको आधिकारिक बिक्रेता एब्सुलुट अटोले तेस्रो पुस्ताको नयाँ वागन आर लन्च गरेको छ ।

नयाँ ठूलो वागन आरको बोल्ड डिजाइनले ग्राहकलाई सहजै प्रभावित गर्ने विशेषता रहेको म्यानेजर कुशल शर्माले बताए । सुधारिएको स्पेस, कम्फोर्ट, नयाँ जमानाको इन्फोटेनमेन्ट सिस्टम तथा अत्याधुनिक के सिरिज इन्जिनले इन्धन किफायत गर्नुको साथै गाडि चलाउँदा छुट्टै जीवन्त अनुभव प्रदान शिषेशता रहेको कम्पनीले जनाएको छ । सिजि मोटोकर्पका कार्यकारी निर्देशक श्री करण चौधरी का अनुसार यो गाडी अत्याधुनिक प्रिफर्ड मोडेल, आकर्षक डिजाइन छ साथै नयाँ वागनआरमा बलियो, आकर्षक, वस्नको लागि धेरै ठाउँ, स्मार्टप्ले स्टुडियो र प्लाटफर्म जस्ता विशेषताहरुले गर्दा यो नेपाली परिवारको लागि विशेष छनौटका रुपमा रहने छ ।

suzuki

नेपाली बजारमा यसको मूल्य २४९९००० देखि २७९९००० सम्म रहेको र आज सम्म ४ बटा गाडी बुक गरीएको एब्सुलुट अटो इटहरीका म्यानेजर कुशल शर्माले जानकारी दिए ।