ल्याटिन अमेरिकी मुलुक कोलम्बियामा भारी बर्षापछि गएको पहिरोमा पुरिएर १४ जनाको मृत्यु भएको छ ।

कोलम्बियाको दक्षिण–पश्चिम क्षेत्रस्थित रोसास शहरमा गएको पहिरोमा अन्य ५ जना घाइते भएका छन् । पहिरोमा शहरका कयौं घरमा क्षति पुगेको छ ।

पहिरो प्रभावितहरुलाई सुरक्षित स्थानतर्फ सरिएको छ । पहिरोग्रस्त क्षेत्रमा उद्धार कार्य जारी छ । बर्षातको समयमा कोलम्बियामा बर्सेनि पहिरो जाने गरेको छ ।