विराटनगर: वैशाख ३ गतेदेखि सुरु भएको नेपाल स्काउटको प्रदेशस्तरीय आधारभूत तालिम सम्पन्न भएको छ ।

तालिममा प्रदेश नम्बर १ अन्तर्गतका १ सय ३७ स्थानीय तहका ४ सय ५८ प्रशिक्षार्थी सहभागी थिए । युवा तथा खेलकुदमन्त्री जगत बहादुर विश्वकर्माको प्रमुख आतिथ्यमा तालिम सम्पन्न भएको हो । बिराटनगरमा भएको तालिममा महिलातर्फ १ सय ७५ र पुरुषतर्फ २ सय ८३ जना प्रशिक्षार्थी सहभागी थिए । महिलातर्फ ७ ओटा कोर्ष संचालन भएको थियो । जसमा कोर्स लिडरहरु रुकमिनी श्रेष्ठ, बेली थापा, लिला श्रेष्ठ, मौसमी गुरुङ, विजेश्वरी अमात्य, शुशिला कुमारी बिष्ट र मुना तामांङ रहेका थिए । पुरुष तर्फ राजिब खत्री, बिदुर गिरी, शम्भुराज शर्मा, महेन्द्रराज रंजित, प्रमोद सिग्देल, कृष्ण चालिसे, रबिन्द्र बसुकला, सुरज खनाल, दमोदर बस्नेत, हरिबहादुर श्रेष्ठ र सुमन खड्का कोर्ष लिडर रहेका थिए ।

प्रदेश एकका आन्तरिक मामीला तथा कानुन मन्त्री हिक्मत कुमार कार्कीले आफु बाल्यकालदेखि नै स्काउट अभियानमा सामेल भएको र यसको महत्वबारे जानकार रहेको बताए । साथै, उनले प्रदेश १ र नेपाल स्काउट अबदेखि असल साथी रहेर हरेक गाउँनगरमा लागूऔषध दुर्व्यसनी तथा दुर्व्यवहार न्यूनीकरण अभियानमा समन्वयन गरेर अघि बढ्ने पनि बताए । समारोहलाई सम्वोधन गर्दै नेपाल स्काउट तदर्थ समितिका संयोजक लोकबहादुर भण्डारीले सहरमा मात्र केन्द्रित स्काउटिंग अब गाँउगाउँमा प्रवेश गरेको बताए । उनले ग्रामिण स्काउटिंगको अवधारणा सहित नयाँ कार्यक्रम ल्याइने समेत बताए ।