धरान: आठौं राष्ट्रिय खेलकुदअन्र्तगत प्याराग्लाइडिङ प्रतियोगितामा प्रदेश नं १ ले रजत पदक जितेको छ ।

तेस्रो दिनको फाइनल खेल सकिदा एकुरेसीतर्फ प्रदेश नं १ ले रजत पदक जितेको हो । यस्तै, महिला क्रसकन्ट्रीमा एक काँस्य पदक पनि प्रदेश नं १ ले जितेको छ । एकुरेसीमा नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले स्वर्ण पदक जित्यो भने गण्डकी प्रदेशले काँस्य पदक जित्यो । शनिबारदेखि शुरु भएको एकुरेसीको आज सोमबार फाइनल सकिदासम्म प्रदेश १ ले कुल १०१९ अंकसहित रजत पदक जितेको हो ।

स्पर्धामा स्वर्ण जितेको आर्मीले कुल १७५ अंक बटुलेको थियो भने काँस्य जितेको गण्डकी प्रदेशको कुल १३४५ अंक रह्यो । एकुरेसी विधामा प्रदेश १ बाट देशवीर जिमीको कप्तानीमा ५ जना खेलाडीहरु स्र्धामा सहभागी भएका थिए । जिमीसँगै तेम्बा शेर्पा, रोशन बस्नेत, युवराज सुनुवार र विश्वास गुरुङ थिए । यस्तै, क्रसकन्ट्रीबाट प्रदेश १ लाई सुस्मिता सुनुवारले काँस्य पदक दिलाउन सफल भइन् ।

आठौं सँस्करणमा राज्यले पहिलो पटक यसपाली प्याराग्लाइडिङलाई खेलकोरुपमा समावेश गराएको हो । नेपालमा २० बर्षअघिदेखि प्याराग्लाइडिङ भइरहे पनि गत बर्ष एसियन गेम्समा रजत पदक जितेपछि मात्र राज्यले खेलकोरुपमा लिएको हो ।