धरान: आइतबारदेखि शुरु भएको बजाज कम्पनीको ‘महाउत्सब महाएक्सचेन्ज मेला’ मा ९१ वटा मोटरसाइलक बिक्री भएको छ ।

बजाज कम्पनीको आधिकारीक विक्रेता अर्बिन एण्ड ब्रोदर्श अटो धरानले धरान–८ सभागृह परिसरमा लगाएको मेलामा आजसम्म ९१ वटा मोटरसाइलक विक्री भएको हो । ‘पहिलो दिन ४३ वटा र आज दोस्रो ४८ वटा विक्री भयो,’अटोका सञ्चालक अर्बिन तामाङले भने,‘सबै भन्दा बढी पल्सर २०० एनएस र एभेन्जर २२० विक्री भएको छ ।’ मेला परिसरमा मेला अवधिभर मोटरसाइलक एक्सचेन्ज, फाइनान्स, इन्स्युरेन्सको सुविधा दिइएको छ । बजाज कम्पनीको १३ वटा मोडलका विभिन्न रंगका करिब १ सय बढी मोटरसाइकल मेला स्थलमा राखिएको छ ।

IMG_20190421_111728

धरानका ६ वटा रिकण्डीसन सेन्टरले ग्राहकको मोटरसाइकलको चेक जाँच गरी मुल्य निर्धारण गरिरहेका छन् । नचल्ने भएपनि विलबुक मात्र ल्याए पनि मोटरसाइलको न्यूनतम मुल्य ३० हजार रुपैयाँ तोकिएको छ । कुनै पनि सरकारी करसमेत ग्राहकले तिर्नु नपर्ने कम्पनीले जनाएको छ । फाइनान्स गर्न चाहनेको लागि हुलास इन्सभेष्टमेन्ट कम्पनीले स्पट फाइनान्सको व्यावस्था गरेको छ । मेलामा बजाज कम्पनीले नयाँ वर्षको अवसरमा लागू गरिरहेको ‘उल्टो अफर’ समेत प्राप्त गर्ने जनाइएको छ । जसमा मोटरसाइल खरिद गर्न आउने ग्राहकले मोवाइल एप्समार्फत दुई पटक लक्की स्क्राच गरी छुट पाउने व्यावस्था गरिएको छ ।

पाँच दिनसम्म चल्ने मेला अवधिभर ३ सय वटा मोटरसाइकल विक्री गर्ने आयोजकको लक्ष्य रहेको छ । मेलामा फ्रि चेकअप क्याम्प, हरेक टेस्ट ड्राइभमा आकर्षण उपहार, प्रत्येक मोटरसाइलक खरिदमा फ्रि हेलमेट, लेगगार्ड, बाइक कभर, वाक्स र ल्यापटप व्याग उपहार दिइने छ ।