धरान: डिभाइन वाइनको उत्पादक कम्पनी श्री महाकाली वाइन प्रालिले प्रकाशन गरेको २०७६ सालको क्यालेण्डर सोमबार साँझ सार्वजनिक गरिएको छ ।

धरान–१४ स्थित हुक्पा चोङबाङ रिसोर्टमा आयोजित एक समारोहबीच क्यालेण्डर सार्वजनिक गरिएको हो । चर्चित मोडल, फेशन डिजाइनर, गायक, पत्रकार, नायिक तथा व्यवसायीहरूले संयुक्तरुपमा नयाँ वर्ष २०७६ को क्यालेण्डर सार्वजनिक गरेका थिए । सो क्यालेण्डर प्रालिका नेशनल मेनेजर बबिन अधिकारी, ब्राण्ड मेनेजर सञ्जु शाक्य, फेशन डिजाइनर उत्तम बनेपाली, नायिका मरिस्का पोखरेल, मिस पूर्वाञ्चल २०१८ की फस्ट रनरअप अनिला क्षेत्री, सेकेण्ड रनरअप तपस्या रणपहेली, फेस अफ डिभाइन आकृति आचार्य, गायक तथा बराह इण्डष्ट्रिज प्रालिका अध्यक्ष शिव लामिछाने, ब्लाष्ट दैनिकका सम्पादक तथा प्रबन्ध निर्देशक किशोरकुमार कार्की, मदिरा व्यवसायी सङ्घ धरानका अध्यक्ष नवीन तामाङलगायतले सार्वजनिक गरेका थिए ।

IMG_3934

क्यालेण्डरमा मिस पूर्वाञ्चल २०१८ का विजेता तथा सहभागीहरु मोडलकोरुपमा प्रस्तुत छन् । सिल्भर इन्टरटेनमेन्टले आयोजना गर्दै आएको मिस पूर्वाञ्चलका विजेता तथा सहभागीहरु मोडलकोरुपमा प्रस्तुत गरेर बर्षेनी क्यालेण्डर प्रकाशन गरिदै आएको छ । सो क्यालेण्डरमा मिस पूर्वाञ्चलकी विजेता पूजा श्रेष्ठ, फस्ट रनरअप अनिला क्षेत्री, सेकेण्ड रनरअप तपस्या रणपहेली, फेस अफ डिभाइन आकृति आचार्य मोडलकोरुपमा प्रस्तुत गरिएको छ ।