नागरिक पूर्वेली : आजको नागरिक पूर्वेली दैनिकमा “देश सजाउने कोही महाराज छैन” शीर्षकको समाचार छापिएको छ । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले देश सजाउने कोही महाराज नभएकाले गर्दा सबैले हातेमालो गरेर अघि बढ्नुपर्ने बताएका छन् । उनले अहिले ठुलो सोच, सपना र फराकिलो मानसिकता लिएर अघि बढ्नुपर्ने बताए । ‘अब यो देशलाई मिलेर सजाउने सबैको दायित्व हो, देश सजाउने कोही राजा–महाराजा छैनन्,’ मुस्लिम आयागले सोमबार इटहरीमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा मुख्यमन्त्री राईले भने, ‘पदमा म पनि मुख्यमन्त्री छु, तर म पात्र मात्र हुँ । मसंग छलफल गर्न र सहकार्य गर्न कुनै समस्या छैन ।’ उनले सरकारले गति नलिएको र काम गर्न नसकेको भनी आलोचना खेप्नुपरेको बताउदै उच्च मानसिकतामा बोकेर अघि बढ्नुपर्ने बताए ।

कोशीपत्र : आजको कोशीपत्र दैनिकमा “सुकुम्बासी बस्तीभित्रको पीडा पैसा र पहुच नहुदा उपचार हुदैन” शीर्षकको समाचार छापिएको छ । विहान बेलुकी अरुको काम गरेर जीविका चलाउने सुकुम्बासी विरामी हुदा अस्पतालसम्म पुग्न सक्दैनन् । सरकारले निःशुल्क उपचार गर्दैन । उपचारमा सहायता उपलब्ध गराउने ठाउसम्म पुग्न विरामी सक्दैनन् भने सजिलै उपचार सेवा पाउने गरीको पहुच पनि उनीहरु संग छैन । त्यसैले धरानको १६ नम्बर वडाका विभिन्न सुकुम्बासी बस्तीका १४ जनाभन्दा बढी विरामीहरु अस्पताल जाने खर्च कुरेर बसेका छन् । तर सहयोग कहीबाट पाएका छैनन् । नेपालको संविधानले हरेक नागरिकले मौलिक हकको रुपमा स्वास्थ्य सेवालाई राखेको छतर सुकुम्बासी र उनीहरुजस्तै आयस्तर नभएकाहरु मौैलिक अधिकार पाउनबाट पनि वञ्चित भएका छन् । धरान १६ स्थित सिमाना बस्तीका एकै टोलमा ३ जना अशक्तको खर्च अभावमा हुन सकेको छैन ।

ब्लाष्ट : आजको ब्लाष्ट टाइम्स दैनिकमा “अनुमतिबिना विद्यालय सञ्चालन” शीर्षकको समाचार छापिएको छ । झापाको वुद्धशान्ति गाउपालिका ३ स्थित ब्लु हेवन इङ्लिस स्कुल अनुमति बिना विद्यालय सञ्चालन भएको भेटिएको छ । वुद्धशान्ति गाउपालिका ३ स्थित ब्लु हेवन इङलिस स्कुल भव्यरुपमा भौतिक संरचना निर्माण गरी विद्यालयले वुद्धशान्ति गाउपालिकाबाट अनुमति पत्र प्राप्त नगर धमाधम विद्यार्थी भर्ना लिन थालेको हो । ब्लु हेवन इङ्लिस स्कुल अर्जुनधारा नगरपालिकाबाट स्थानान्तरण भएर आएकोहो । तर विद्यालय स्थापना गर्न र स्थानन्तरण गर्नका लागि गाउपालिकालाई अनुमति दिनका लागि अधिकार नभएको वुद्धशान्ति गाउँपालिकाकी उपाध्यक्ष मिरा भुर्तेलले बताइन् ।

 उद्घोष : आजको उद्घोष दैनिकमा “खोलो फर्काएर माटो उत्खनन्” शीर्षकको समाचार छापिएको छ । मोरङ र सुनसरी जिल्लाको सीमाना भएर बग्ने केशलिया खोलाको धार परिवर्तन गरेर माटो उत्खनन् हुने गरेको पाइएको छ । विराटनगर महानगरपालिका ४ स्थित इकराही बस्ती भएर बग्ने केशलिया खोलाको धार परिवर्तन गरेर मोरङ र सुनसरीका माटो ठेकेदारले माटो उत्खनन् हुदै आएको पाइएको हो । स्थानीयबासी र सुनसरीका ठेकेदारहरुले ह्युमपाइप राखेर खोलाको प्राकृतिक बहावको धार परिवर्तन गरेर अवैधरुपमा माटो उत्खनन् हुने गरेको छ ।