भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो मताधिकार प्रयोग गर्नुअघि मंगलबार आफ्नी आमाको चरणस्पर्श गर्दै आशिर्वाद लिएका छन् । त्यसपछि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो मताधिकार प्रयोग गरेका छन्।

भारतमा लोकसभा निर्वाचनअन्तर्गत आज तेस्रो चरणमा विभिन्न राज्यमा मतदान हुँदैछ । लोकसभा निर्वाचनअन्तर्गत उनले गान्धीनगर लोकसभा सिटअन्तर्गत रानिप मतकेन्द्रबाट मतदान गरेका हुन्। मतदान गर्नुअघि उनले गान्धीनगरस्थित निवास पुगेर आमा हीराबेनको चरणस्पर्श गरेका छन्। त्यसपछि उनी मतादान केन्द्रमा पुगेर मतदान गरे। आशिर्वाद लिन पुगेका मोदीलाई आमाले सगुनबापत मिठाई दिएकी थिइन्। उनलाई निधारमा टिकासमेत लगाइदिइन्।