एजेन्सीः श्रीलंकामा आइतबार भएको शृंखलाबद्ध बम विस्फोटको जिम्मा आतंकवादी संगठन इस्लािमक स्टेट (आइएस)ले जिम्मा लिएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

विभिन्न गिर्जाघर र होटलमा गराइएको शृंखलाबद्ध आक्रमणमा परी मृत्यु हुनेको संख्या ३ सय नाघेको बताइएको छ । अमाक एजेन्सीमार्फत् आक्रमणको जिम्मा इस्लामिक स्टेटले मंगलबार लिएको हो । श्रीलंकाली सुरक्षा अधिकारीले आक्रमणमा त्यहाँको स्थानीय अतिवादी समूह नेशनल तौहिथ जमाथको हात रहेको दाबी गरेका थिए । आक्रमणमा वाह्य समूहको संलग्नताबारे पनि अनुसन्धान भइरहेको छ ।

यो आक्रमणपछि श्रीलंकामा संकटकालको घोषणा गरिएको छ । यो आक्रमणमा ३६ जना भन्दा धेरै विदेशी मारिएका छन् । भारतका मात्रै सातजनाले ज्यान गुमाएका छन् । डेनमार्कका एक धनाढ्यले आफ्ना तीन सन्तान गुमाएका छन् । घटनापछि मंगलबार त्यहाँ राष्ट्रिय शोक घोषणा गरिएको छ।

सामुहिक अन्तिम संस्कार

श्रीलङ्कामा राष्ट्रिय शोककामाझ बम हमलामा ज्यान गुमाएकाहरूको सामुहिक रुपमा अन्तिम संस्कार गरिएको छ। विभिन्न चर्च र होटेलहरूमा भएका हमलाहरूमा मारिनेको संख्या ३२१ पुगेको र झण्डै पाँचसय जना घाइते भएका प्रहरीले जनाएको छ।

थप हमलाहरू हुनबाट रोक्न घोषणा गरिएको आपतकालिन अवस्था जारी नै रहेको छ। मंगलवार इस्लामिक स्टेट समूहले उसको समाचार निकाय मार्फत उक्त आक्रमणको जिम्मेवारी दावी गरेको छ । श्रीलङ्काली सरकारले ती विस्फोटहरूका लागि स्थानीय इस्लामिस्ट समूह नेशनल तौहिद जमातलाई दोषी ठहर्याएको छ। उक्त हमलाको सम्बन्धमा प्रहरीले हालसम्म ४० जना सन्दिग्धहरूलाई गिरफ्तार गरेको छ।