धरान : मोरङको केराबारी –५ सतिसालेकी २५ वर्षिय रोजिता दाहाल आइतबार विहानदेखि वेपत्ता भएकी छन् ।

बिहान धरान बजार जान्छु भनि घरबाट निस्किएकी महिला बेलुकी घर नफर्किएपछि वेपत्ता भएको भन्दै परिवारजनले खोजी कार्य तिब्र बनाएको रोजिताका ससुरा प्रेम महतले बताए । उनका अनुसार विहानै घरबाट बजार जान भनि निस्किएकी बुहारीले बेलुकापख छोरालाई म्यासेज पठाएर आफु कहिल्यै नफर्किने गरी गएको बताएकी थिइन् ।

बेपत्ता महिलाले धनकुटाको मूलघाटमा रहेको पुल मुनि आफ्नो झोला, मोबाइल र पैसा समेत तमोर नदिको किनारमा छाडेको म्यासेज श्रीमान्को मोबाइलमा पठाएकी थिइन् । सोही म्यासेज बमोजिम उनको सामानहरु भेटिएको परिवारजनले बताएका छन् । धनकुटा जिल्ला प्रहरी प्रमुख एसपी सुरेन्द्र गुरुंगले खोजिकार्य भइरहे पनि अहिलेसम्म फेला नपरेको बताए ।