ब्लाष्ट : आजको ब्लाष्ट टाइम्स दैनिकमा “गान्धीको गुण्डाराज” शीर्षकको समाचार छापिएको छ । मोरङको रतुवामाई नगरपालिका–३ मिर्चाडाँगीका तीन व्यक्तिबाट पटक–पटक बलात्कार हुँदा पनि स्थानीय एक महिलाले न्याय पाएकी छैनन् । मिर्चाडाँगीका गान्धी सिंह गन्गाई, विनोद र चन्दन सिंहबाट दुइपटक सामूहिक बलात्कार र एकपटक बलात्कार प्रयास भएकी ती महिला न्याय खाज्दै पटक–पटक प्रहरी कार्यालय पुगिन् । पीडित महिलाले प्रहरीमार्फत् न्याय निरुपण हुनुपर्ने र आरोपितलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिनुपर्ने माग गर्दै आएकी छन् । तर गान्धी सिंह समूहको दबदबा भएको ठाउँमा उनले न्याय पाउन सकिनन् । पीडकहरु कार्बाहीमा परेनन् । गत चैत्र २५ गते साँझ घरनजिकैको बाँस भ्mयायाङमा भैंसी लिन गएकी ती महिलालाई गान्धी प्रसादसहित तीन जनाले मुख थुनेर बलात्कार गर्न खोजे । उनी चिच्याएको आवाज सुनेर छिमेकीको घरमा मोवाइल चार्ज गर्न गएका श्रीमान दौडदै आए । श्रीमतीलाई स्थानीय व्यापारी गान्धीसहितको समूहले बलात्कार कोशिस गरिरहेको देखेपछि उनले छुटाउने काशिस गरे ।

त्यसैगरी आजको ब्लाष्ट टाइम्स दैनिकमा “जिल्ला अस्पतालमा औषधी अभाव, विरामी समस्यामा” शीर्षकको अर्को समाचार पनि छापिएको छ । सिरहाको जिल्ला अस्पतालमा औषधीको चरम अभाव भएको छ । विगत १ वर्षदेखि औषधीको आपूर्ति हुन नसक्दा जिल्ला अस्पतालमा औषधीको चरम अभाव भएको हो । ५० शैयाको अस्पतालमा हाल कुनै पनि औषधी नरहेको अस्पतालले जनाएको छ ।

उद्घोष : आजको उद्घोष दैनिकमा “सादा पोशाकका प्रहरी भन्दै लुटपाट” शीर्षकको समाचार छापिएको छ । सादा पोशाकको प्रहरी बताउने समूहले सोमबार राति विराटनगरको एक घरबाट नगद लुटेको छ । लुटपाटमा संलग्न एक तत्कालै र अर्का मङ्गलबार पक्राउ परेका छन् भने अन्य दुई फरार रहेका छन् । प्रहरीका अनुसार विराटनगर ८ स्वागतम् टालका सिंहेश्वर यादवको घरमा राति १२ बजे अपरिचित चार जना आएर घरको तलासी लिएका थिए । घटनामा संलग्न मोरङको जदहा ६ का सीमान्त करदार मण्डलको को ३७ प ४४७२ नम्बरको मोटरसाइकल लिएर भाग्ने क्रममा स्थानीयबासीको घेरामा परे । अर्का समिर कामतलाई भने प्रहरीले मङ्गलबार सुनसरीको दुहवीबाट पक्राउ गरेको छ । उनीहरुले आफुहरु सादा पोशाकको प्रहरी भएको र घरमा गाँजाको तलासी लिन आएको बताएका थिए ।

कोशीपत्र : आजको कोशीपत्र दैनिकमा “कोरियाली नागरिकले कुटपिट गरेको जाहेरी लिन मान्दैन प्रहरी” शीर्षकको समाचार छापिएको छ । कोरियाली धर्म प्रचारकले दुव्र्यहार गरेको विषयमा इलाका प्रहरी कार्यालय इटहरीमा निवेदन दिन पुगेका पीडितलाई प्रहरीले खाली हात फर्काएको छ । गत शनिबार इटहरी २ की अनु राईको घरैमा कोरियाली धर्म प्रचारक सङ जहानको नेतृत्वमा गएको समूहले उनीमाथि कुटपिट गरेको थियो । शुरुमा उनको घरैमा गएर कोरियाली नागरिकले गालीगलौज गरेको र केही छलफल गर्नु छ भन्दै सडकमा ल्याएर कुटेको पीडितले बताइन् ।