धरान(डेस्क) : सोलुखुम्बुको खुम्बु(पासाङल्हामु गाउँपालिका ४ फिरुचेमा लेक लागेर मंगलवार १ जना विदेशी नागरिकको मृत्यु भएको छ ।

लेक लागेर अष्ट्रियन नागरिक ५५ वर्षीय फिलिप र्माकाटको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । नेपाल ट्रेकिङ एण्ड एक्सपिडिसन प्रा.ली. मार्फत भ्रमणमा आएका ५ जना मध्ये गोरक्सेप जाने क्रममा फिलिप लेक लागेर बिरामी भई फर्किएर फिरुचे स्थित हिमालय लजमा बास बसेकोमा मङ्गलबार मृत अवस्थामा भेटिएका हुन् । मृतकको शव हेलीकोप्टरद्वारा काठमाण्डौ पठाईएको उक्त कार्यालयले जनाएको छ ।