इटहरी:गत चैत्र २४ गते इटहरीमा उद्घाटन भएको श्री कृष्ण प्रणामी मुक्तिधाम मन्दिर यहाँको धार्मिक पर्यटनको प्रमुख आकर्षण भएको छ ।

अहिले दैनिक सयौंको संख्यामा स्थानीय तथा बाह्य पर्यटकहरु मन्दिर दर्शन गर्न र सेल्फी खिच्ने आउन थालेका छन् । आकर्षक भौतिक संरचना, कला शैलीले गर्दा मन्दिरले मानिसहरुको ध्यान तान्न सफल भएको छ । इटहरी उपमहानगरपालिका र सुन्दरहरैचा नगरपालिकाको सीमानामा पर्ने बुढिगंगामा अहिले धार्मिक पर्यटकीय गन्तव्यमा परिणत भएको छ । यहाँ आउने पर्यटकहरुको संख्यामा बृद्धि भएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष हेम प्रसाद घिमिरे बताउँछन् ।

bibek

नेपालकै नमूना रहेको यो मन्दिर देशकै सम्पत्ति भएको उनको भनाई छ । ‘अहिले नियमित दिनमा एक हजारदेखि पन्ध्र सय पर्यटक आउछन्,’उनले भने,‘विशेषगरी कुम्भ मेलामा आउने धार्मिक पर्यटकहरु यहाँ आइपुगेका छन् ।’ यहाँ भारतीय पर्यटकहरु पनि आइपुग्छन् । मन्दिर व्यवस्थापनले धार्मिक संग्राहलय बनाउने तयारीमा जुटेको जनाएको छ । ‘सशुल्क धार्मिक संग्राहलय बनाउने योजना छ, कलात्मक मूर्तिले पर्यटकको ध्यान केन्द्रीत गर्छ, यो पनि एक प्रकारको संग्राहलय नै हो,’उनले भने ।

यो मन्दिर करिब साढे ७ करोड लागत निर्माण भएको हो । मन्दिरको वरीपरी कलात्मक मूर्ति छ । पर्यटकहरुको ध्यान यही कलाले तान्न सफल भएको हो । मन्दिरको गजुर निर्माण गर्दा सुन पनि मिसाइएको छ । नजिकै रहेको बुढीगंगा घाटमा आउने मानिसहरुका लागि पनि थकाई मार्ने र अवलोकन गर्ने महत्वपूर्ण थलो मुक्तिधाम मन्दिर बनेको अध्यक्ष घिमिरे बताउँछन् ।

cover

22 muktidhams muktidhamx