मोरङ: मोरङको विराटनगर महानगरपालिका ६ केसलिया खोला नजिक अवैध रुपमा वालुवा उत्खनन् गरिरहेको अवस्थामा प्रहरीले स्काईभेटरसहित ३ वटा ट्रिपर र एउटा ट्याक्टरलाई नियन्त्रणमा लिएको छ ।

बिहान पौने ९ बजे सिआरभी केसलियामार्गबाट खटिएको प्रहरी टोलीले खोला उत्खनन् गरिरहेको अवस्थामा अनटेष्ट स्काईभेटर सहित ना ५ ख ७४४५, को १ क १९६३, बा ८ ख ५९९४ नम्बरको ट्रिपर र को १ त २७९१ नम्बरको ट्याक्टरलाई नियन्त्रणमा लिएको हो । नियन्त्रणमा राखिएको उक्त सवारीलाई आवश्यक कारवाहीको लागि बिराटनगर महानगरपालिकाको कार्यालय पठाईएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।