धरान: धरान बास्केटबल संघको आयोजनामा धरानमा १ नम्बर प्रदेश स्तरीय प्रथम महिला बास्केटबल चाम्पियनसिप हुने भएको छ ।

जिल्ला बास्केटबल संघ सुनसरीको सहयोग र धरान उपमहानगरपालिकाको संयोजनमा आउदो बैशाख २३ गते धरानमा महिला बास्केटवल च्याम्पियसिप हुने भएको हो । प्रतियोगिता धरान–१८ स्थित डोपो क्याम्पसको बास्केटबल कोर्टमा हुने संघले जानकारी दिएको छ । प्रतियोगितामा प्रदेश १ भरीका १० वटा क्लवको सहभागीता हुने धरान बास्केटबल संघका सचिब तथा पूर्वाञ्चल बास्केटबल प्रशिक्षक विकास चाम्लिङले बताए ।

प्रतियोगिताको विजेताले नगद १० हजार र उपविजेताले नगद ५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने जनाइएको छ । प्रतियोगिताको उत्कृष्ठ खेलाडीले नगदसहित ट्रफी पाउदा उदयीमान खेलाडीले ट्रफी पाउने आयोजकले जनाएको छ । बास्केटबल खेलको प्रबद्र्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको संघका अध्यक्ष नेपाल बास्केटबल संघका केन्द्रीय उपाध्यक्ष सुरज लामाले बताए ।