धरान : गएको आइतबारदेखि शुरु भएको ५ दिने बजाज कम्पनीको ‘महाउत्सव महाएक्सचेन्ज मेला’ भोली सकिदैँछ ।

बजाज कम्पनीको आधिकारीक विक्रेता अर्बिन एण्ड ब्रोदर्श अटो धरानले धरान–८ सभागृह परिसरमा लगाएको आज विहीबारसम्म मेलामा ग्राहकहरुलाई विशेष अवसर दिएको र हरेक नेपालीलाई मोटरसाइकल चढ्न सहयोग पुग्ने गरी मेलाको आयोजना गरिएको अर्बिन एण्ड ब्रदर्श अटो धरानका सञ्चालक अर्बिन तामाङले बताए । मेलामा अहिलेसम्म २ सय २० वटा मोटरसाइकल बिक्री भइसकेको दाबी उनले गरेका छन् भने २० वटा बुकिङ भइसकेको बताए ।
‘पहिलो दिन ४३ वटा र आज दोस्रो ४८ वटा विक्री भयो,’ अटोका सञ्चालक अर्बिन तामाङले भने, ‘सबै भन्दा बढी पल्सर २ सय एनएस र एभेन्जर २ सय २० बिक्री भएको छ ।’ मेलाको अवसरमा ग्राहकको आवश्यकतालाई मध्यनजगर गर्दै फाइनान्स, बिमा, रिकण्डिसन भ्यालुएसन जस्ता सेवाहरु स्पटमा नै उपलब्ध गराइएको उनले बताए । साथै मोटरसाइलमो खरिदमा हेलमेट, लेगगार्ड, बाइक कभर, सिट कभर, बाइक वाक्स र ल्यापटप ब्याग निःशुल्क रहेको उनले बताए ।

मेलामा १२५ सिसिदेखि २२० सिसिका बाइकहरु र न्युनतम १ लाख ७५ हजारदेखि ३ लाख ५० हजारसम्मका मोटरसाइकलहरु उपलब्ध रहेका छन् ।