ब्लाष्ट : आजको ब्लाष्ट टाइम्स दैनिकमा “विप्लवको चन्दा आतङ्क र गतिविधि बढ्यो” शीर्षकको समाचार छापिएको छ । प्रदेश नं. १ का झापा, मोरङ र सुनसरीमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नकपाको चन्दा आतङ्क र अर्धभूमिगत गतिविधि बढेको प्रहरी अधिकारीहरुले गृह मन्धालयको टोलीलाई जानकारी गराएका छन् । प्रदेशको सुरक्षा रणनीति बनाउन विराटनगरमा भएको दुई दिने सुरक्षा गोष्ठीमा ब्रिफिङ गर्दै प्रहरी अधिकारीहरुले प्रदेशमा चन्दा आतङ्कसंगै साना हतियार, भारतसँगको खुला सिमाना, लागुऔषध अहिले प्रमुख सुरक्षा चुनौतीका रुपमा रहेको जानकारी गराए । भारतसँग सीमा जोडिएका यस प्रदेश सुरक्षाको दृष्टिकोणले अत्यन्तै संवेदनशील मानिन्छ । बैठकमा नेत्रविक्रम चन्द ििवप्लव नेकपाको यष्स प्रदेशमा प्रभाव तथा उनीहरुको गतिविधिबारे परिषद बैठकमा विशेषरुपमा उठेको बैठकमा सहभागी सुरक्षा निकायका एक अधिकारीले बताए ।

उद्घोष : आजको उद्घोष दैनिकमा “स्काभेटर र टिपर नियन्त्रणमा” शीर्षकको समाचार छापिएको छ । मोरङको केशलिया खोलामा अवैध रुपमा माटो उत्खनन् गर्ने स्काभेटर र माटो ढुवानी गर्ने टिपर र ट्याक्टरलाई महानगरले नियन्त्रणमा लिएको छ । बिहीबार विहान स्काभेटरसहित तीन टिपर र एक ट्याकटरलाई नियन्त्रणमा लिएको हो । विराटनगर ६ स्थित केशलिया खोलामा मापदण्ड विपरीत स्काभेटर प्रयोग गरी माटो खनेर टिपर र ट्याकटरमा लोड गर्ने बेलामा नगर रक्षकले स्काभेटरसहित ना ८ ख ५९९४, ना ५ ख ७४४५ र को १ त १९६३ नम्बरको टिपरसंगै को १ त १९६३ को ट्याकटरलाई नियन्त्रणमा लिएको हो । सुनसरीको इनरुवाको जोया एण्ड ब्रदर्श कम्पनीको सो स्काभेटर र टिपर रहेको बताइएको छ । सो कम्पनीका इन्जिनियर सरोज घिमिरेका अनुसार मोरङको ब्रह्मपुरादेखि सुनसरीको देवानगञ्जसम्म निर्माणाधीीन सडकमा चाहिने आवश्यक माटो खोलाबाट लैजाने गरेको हो ।

औजार : आजको औजार दैनिकमा “गेष्ट हाउसलाई ठेक्का” शीर्षकको समाचार छापिएको छ । धनकुटाको सागुँरीगढी गाउँपालिका अन्र्तगत वडा नम्बर ६ स्थित भेडेटारमा रहेको सरकारी स्वाभित्वको जग्गालाई जिल्ला समन्वय समिती धनकुटाले ठेक्कामा लगाएपछि विवाद बढेको छ । प्रयोगविहिन अवस्थामा रहेको जग्गा सहितको भवनलाई जिसस धनकुटाले केक्कामा दिएपछि विवाद पनि बढेको हो । ठेक्का लगाएको विषयमा साँगुरीगढी गाउँपालिकाले नै असहमति जनाएको छ । स्थानीयबासी र गाँउपालिकासँग समन्वय नै नगरी सरकारी स्वामित्वमा रहेको भवन ठेक्कामा लगाएपछि विवाद बढेको हो । सो खाली भवनलाई जिससले गेष्ट हाउस बनाउनका लागि ठेक्कामा लगाएको हो । ५ वर्षको सम्झौता गरी १८ लाखमा सो भवन ठेक्कामा लगाएको हो । तर साँगुरीगढी गाँउपालिकाले भने सरकारी स्वामित्वको भवनलाई ठेक्कामा लगाउँदा आपत्ती जनाएको छ । गाँपालिकाका अध्यक्ष कुमारजंग याक्खाले सरकारी स्वामित्वको संरचनालाई ठेक्का लगाउन नहुने भन्दै पनि आफुखुशी स्थानीय तहसंग सल्लाह नै नगरी लगाएको बताएका छन् ।

नागरिक पूर्वेली : आजको नागरिक पूर्वेली दैनिकमा “भवन निर्माण नहुँदा भुँईमै उपचार” शीर्षकको समाचार छापिएको छ । समयमा भवन निर्माण नहुँदा भोजपुर जिल्ला अस्पतालका विरामी सास्ती खेप्न बाध्य छन् । भवन अभावमा विरामीले भँुइमै बसेर उपचार गर्नुपर्ने बाध्यता छ । बन्दै गरेको सुविधिा सम्पन्न भवन हेर्दै पुरानो भवनमा विरामीको उपचार गर्नुपर्ने बाध्यता बनेको छ । विरामीको चाप बढ्दा भुँइमा राखेर पनि उपचार गर्नुपर्ने बाध्यता रहेको अस्पतालले जनाएको छ । सम्झौताअनुसार एक वर्षअगाडि नै सकिनुपर्ने ५० शैयाको भवनको निर्माणको काम अहिलेसम्म ९० प्रतिशत मात्रै भएको छ । १० करोडमा ठेक्का सम्झौता भएको भवनको काम निर्माण कम्पनी डाँफे सिद्धबाबा सगरमाथा जेबीको लापरबाहीले थप एक वर्षबितिसक्दा निर्माण कार्य सम्पन्न भएको छैन । भवन नबन्दा विरामीले कष्टकर उपचार गराइरहेका छन् ।