उदयपुर : उदयपुरको सुन्दरपुर सिवाईस्थित त्रियुगा नदीमा पक्की पुल बनाउन थालेको दशक पुग्न लाग्यो । तर, अहिलेसम्म पुलको सबै पिल्लर(स्पान)समेत ठडिएको छैन । हालसम्म पुलको १३ मधये ९ वटा स्पान मात्र निर्माण भएको छ ।

जिल्लाको चौदण्डीगढी नगरपालिका ५ सिवाईस्थित त्रियुगामा मोटरेबल पुल ३ वर्षमा सक्नेगरी ०६७ असार २३ गते सम्झौता भएको हो । ०७० असार २२ गतेभित्र पुल बनाइसकेर हस्तानतरण गरिसक्नुपर्नेमा ४ पटक म्याद थप्दासम्म सम्पन्न हुन सकेको छैन । धरान–चतरा–गाईघाट–कटारी–सिन्धुली–हेटौडा जोड्ने वैकल्पिक लोकमार्गसँग चौदण्डीगढी केन्द्र बेल्टारसँग दक्षिणी भेगका वडाहरु सुन्दरपुर, हडिया र जोगीदह तथा छिमेकी जिल्ला सप्तरीका फत्तेपुर–कञ्चनपुरलाई जोड्ने १३ स्पानको उक्त पुल २ सय ८४ दशमलव ६ मिटर लामो र ५ मिटर चौडाईको प्राििवधिक इस्टिमेट छ । स्थानीय सडक सत्तजाल प्रविधिमा गाइघाट–दिक्तेल सडकम आयोजनाद्वारा निर्माणाधिन पुल बनाउने मुख्य जिम्मा महालक्ष्मी, लोकप्रिय जेबी कलंकी काठमाण्डौंले लिएको छ । –पूर्वेली नागरिक दैनिकबाट