झापा : झापाको काँकरभिट्टामा जारी मेचीनगर गोल्डकपमा आज धरान फुटबल क्लब सुनसरी र च्यासल युथ क्लब काठमाण्डौ आमने सामने हुने भएका छन् ।

हिजोदेखि सुरु प्रतियोगिताको उद्घाटन प्रदेश १ का सामाजिक विकास मन्त्री जिवन घिमिरेले गरेका थिए । हिजो भएको उद्घाटन खेलमा आयोजक मेचीनेत्रालय काँकरभिट्टा ट्रेनिङ्ग सेन्टरले बिजयी सुरुवात गरेको छ । टाइब्रेकरमा भाग्यमानी सावित हुँदै आयोजक मेचीनेत्रालय काँकरभिट्टा ट्रेनिङ्ग सेन्टर बिदेशी टोली क्यामरुनको दाउफिन्स फुटबल क्लबलाई ४-२ ले हराउँदै अघिल्लो चरणमा प्रवेश गरेको छ । टाइब्रेकरमा आयोजक काँकडभिटाका निरज बस्नेत, पुजन उपरकोटी, बिकास राई, निशान लिम्बुले गोल गरेका थिए । योगेश गुरुङको प्रहार दाउफिन्सका गोलरक्षक प्रिसोले रोकेका थिए । दाउफिन्सको तर्फबाट गोल किपर प्रिसो र विक विकले गोल गरेका थिए । शिलो मार्टिन र पेटेङगाको प्रहार बाहिरिएपछि दाउफिन्स खेलबाट बाहिर गएको छ ।

खेलको म्यान अफ द म्याच आयोजकका तर्फबाट दुइ गोल गर्ने नगेन तामाङ भए । उनले नगद ११ हजार रुपैंयाँ पाए । प्रतियोगिताको बिजेताले १० लाख १ हजार र उपबिजेताले ५ लाख १ हजार रुपैंयाँ पुरस्कार पाउने आयोजक समितिका अध्यक्ष मिनबहादुर बस्नेतले जानकारी दिए ।