झापा:पछिल्लो समय दमक र आसपासका नागरिकमा निक्कै नै त्रास फैलिएको छ । दिनैपिच्छे जस्तो चोरीको श्रृंखला बढ्न थालेपछि नगरवासीले असुरिक्षत भएको महशुस मात्र गरेका छैनन्, यहाको सुरक्षा संयन्त्र कमजोर भएको टिप्पणी समेत गरेका छन् ।

दमकमा दिनदिनै चोरीको घटना भईरहेको छ । एकपछि अर्को गर्दै श्रृंखलाबद्ध ढङ्गले र एकै प्रकृत्तीले चोरी भईरहदापनि प्रहरी खासै संबेदनशिल नबनेको स्थानीय रमेश अधिकारीको गुनाशो छ । केही दिन अघि दमकको पश्चिम स्टेण्डमा रहेको एक नाम चलेको होटलमा चोर पस्यो । जहाँ उसले केही खोजेको त्यहाँ रहेको सिसि टिभिमा कैद भएको दृष्यले प्रष्ट पारेको छ । उसले त्यहाँ केही नभेटेपछि एउटा रेडबुल खाएर फर्किएको सो होटलका सञ्चालकले बताएका छन् । जसरी सो होटलमा छिरेर चोरले आफ्नो गतिबिधी गर्यो, सोही प्रकारको गतिविधी दमकमै रहेको अर्को होटलमा गरेको पाईएको छ ।

दमक ९ मा रहेको अप्सन होटलमा पसेर चोरले केही रकमसँगै सुनको गहना समेत चोरी गरेको होटलकी सञ्चालिकाले बताएकी छन् । त्याहापनि चोरले रेडबुल खाएर गएको होटलकी सञ्चालिका उर्मिला लिम्बूले बताईन । त्यसैगरी एकैरातमा अप्सन होटलसँगै जोडिएको अर्को घरमा रहेको स्विकृति सप्लार्यसको कार्यालयमा पनि चोर पसेको भेटियो । त्यहाँबाट केही पनि सामान नहराएको बताईएको छ ।

त्यसैगरि सोही रात नै स्विकृती सप्लायर्स नजिकै रहेको एक घरमा पनि चोर पस्यो । त्यहाँ एक सहकारी संस्थाको कार्यालय छ । सो घरमा जम्मा ६ परिवार कोठा भाडामा बस्छन् । तर ६ परिवारकै ढोकामा बाहिरबाट चुकुल लगाएर चोरले त्यहि रहेको सेतुमारी कृषि सहकारी संस्थाको काउण्टर तर्फको ताला फुटाएर भित्र पस्यो । घटनापछि प्रहरीलाई जानकारी गराउँदा पनि प्रहरीले खासै गम्भिरतापूर्वक नलिएको सहकारीका ब्यवस्थापक दिपक खनाल गुनासो गर्छन ।

अन्य स्थानमा समेत चोरीका घटना निरन्तर भईरहेका छन् । कतै प्रहरीले चोर समातेको भन्दै दावी गरेको छ भने कतै प्रहरीको अनुसन्धाननै फितलो भयो भन्ने गुनासो पनि आउने गरेको छ । तर ईलाका प्रहरी कार्यालय दमकका प्रमुख श्यामल सुब्बा भने यो मान्न तयार छैनन । उनी रातभर गस्तिमा प्रहरी खटाएको दावी गर्छन । निरन्तर गस्ती गर्दा पनि यस्तो घटनामा कमी ल्याउन नसकेको भने उनी स्विकार गर्छन ।

फरक फरक मितिमा तर एकै प्रकृतीको घटना भईरहँदा यो घटनामा एउटै ब्यक्ती संलग्न भएको हुनसक्ने आंकलन गरिएको छ । तर यस्ता घटना बढीरहँदा प्रहरीभन्दा पनि चोरनै चलाख भएको देखिन्छ । अहिलेसम्म हामीले उल्लेख गरेका घटना सबै मुख्य राजमार्गसँग जोडिएका स्थानका हुन् । प्रहरीले रातभर पनि गस्ती गरिरहेको छौं भने पनि यस्ता घटनामा कमी नआउदा नागरिकमा थप त्रास फैलिरहेको पाईएको छ । यस्ता घटनालाई प्रहरीले गम्भिर रुपमा लिन आवश्यक देखिएको छ ।