धरान: केन्द्रीय प्रविधि क्याम्पस हात्तिसारका स्ववियु सभापति सौरव सञ्जेल बिहिबार बिहान क्याम्पस उक्लदै थिए । धरान १ पृथ्वी चोक केही तलबाट क्याम्पसतर्फ उक्लने सिढी छ । उनले एउटा जनवार देखे ।

त्यो जनवार निक्कै घाइते अवस्थामा थियो । उनले त्यसै छोड्न चाहेनन् । नजिकै गए । टोक्छ कि भन्ने डर पनि थियो । तर, जनवारको अवस्था नाजुक थियो, केही गर्न सकेन । पछाडिको दुवै खुट्टा गाडीले किचेर भाँचिएको जस्तो थियो । त्यसमा किरा पनि परिसकेको । उनले नजिकैको बोरा टिपेर नजिकै लगे । बोराको मुख खोले, त्यो जनवार आफै त्यसमा पस्यो । ‘त्यसपछि क्याम्पस ल्याए, अण्डा खान्छ कि भनेर दिए, तर खाएन,’उनले भने ।

IMG_20190425_123449

क्याम्पसमा पुगेपछि उनले बाँझगरा वन समुहका पदाधिकारीमार्फत तीनकुनेस्थित वन कार्यालयका अधिकारीहरुलाई खबर पुर्याए । घाइते जनावरलाई उपचारको खाँचो थियो । उनीहरु आउनुअघि त्यो जनवार के हो ? क्याम्पस परिसरमा निक्कै अनुमान लाग्यो । कसैले मलसाप्रा, कसैले काला भने त कसैले बाघकै कुनै प्रजाति पनि भन्न भ्याए । वनका कर्मचारीहरुले पनि त्यहाँ कुनै अनुमान लगाएनन् । उनीहरुले गाडीमा राखेर कार्यालयतर्फ लगे ।

विडम्बना के रह्यो भने वन कर्मचारीले लिएर गएको त्यो जनवार लामो समय बच्न भने सकेन । एक विद्यार्थीले उद्दार गरेको जनवार वन कर्मचारीले लिएर गएको थियो । वन कार्यालयमा पुगेको केही समयमा मृत्यु भएको रेञ्जर ईश्वरी बास्तोलाले बताए । रेञ्जर बास्तोलाले नै त्यो जनवार जंगली निरबिरालो भएको पनि बताए । ‘हाम्रो कार्यालयमा पश्चिमबाट वन समुहको टिम पनि भ्रमणमा आउनुभएको थियो । सबैले नै जंगली निरविरालो हो भने । जंगलको ठुलो विरालो हो,’रेञ्जर बास्तोलाले भने,‘खुट्टै चुडिएको रहेछ, मरिहाल्यो । मुचुल्का बनाएर गाड्छौ ।’

IMG_20190425_123645