ज्नकपुरधाम : नेपालबाट भारततर्फ तस्करी गर्दै गरेको २५ सय लिटर डिजेल धनुषा प्रहरीले नियन्त्रणमा लिएको छ ।

शुक्रबार विहान धनुषाको औरही हुदैँ भारततर्फ तस्करी गरी लैजादैँ गर्दा डिजेल प्रहरीले नियन्त्रणमा लिएको हो । ज १ त २६८९ नम्बरको सोनालिका ट्याक्टरमा विभिन्न डब्बामा राखी लगिरहेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । प्रहरीले नियन्त्रणमा लिएर डिजल भन्सार कार्यालय जनकपुरमा पठाएको धनुषाका प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले जनाए । विदेह नगरपालिका २ बस्ने लालबाबु पण्डितको डिजेल रहेको बताइएको छ । उनको अनुसार पण्डित यसअघि पनि डिजेलको तस्करी गर्दै आएका थिए । यता प्रहरीले प्रहरीले पण्डितको डिजल नियन्त्रणमा लिएलगत्तै उनी फरार भएको प्रहरीले जनाएको छ । –नागरिक पूर्वेलीबाट