लहान : सिरहामा आफ्नै पति र सासूले जिउँदै जलाएर गम्भीर घाइते भएकी कन्चन मण्डलको उपचारको क्रममा काठमाडौमा मृत्यु भएको छ ।

उनको सुस्मा कोइराला मेमोरियल अस्पताल साँखुमा उपचारको क्रममा मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ । सिरहा नगरपालिका९८ की २१ वर्षीय मण्डललाई बिहीबार पति र सासु मिलेर जिउँदै जलाएर हत्याको प्रयास थिए । कन्चनको शरीरको ५० प्रतिशत माग जलेको थियो । जलिरहेको अवस्थामा देखेपछि उनलाई छिमेकीहरुले धरानस्थित बिपी स्वास्थ्य विज्ञान प्रतिष्ठान लगेका थिए ।

त्यहाँ उनको प्रारम्भिक उपचार गरिएको थियो । धरानमा उपचाररत रहेको समयमा उनमा सामान्य होस थियो । उनी मलाई बचाउनुस् भन्दै बर्बराएको प्रत्यक्षदर्शीहरुले बताएका छन् । धरानबाट काठमाडौ लगेर अस्पतालमा भर्ना गरेको केही समयमै ज्यान गएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

श्रीमतीलाई जिउँदै जलाउन खोज्ने पति बेचन मण्डल फरार छन् भने कन्चनकी सासूलाई भने सिरहा प्रहरीले नियन्त्रणमा लिएको छ ।