धरान(डेस्क) : झापाको काँकडभिट्टामा जारी चौथो मेची नेत्रालय मेचीनगर गोल्डकपको पहिलो क्वाटरफाइनल खेलमा आयोजक मेची नेत्रालय काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टरले संकटा क्लबसँग सामना गर्दैछ ।

आज शनिबार हुने खेलमा घरेलु मैदानमा जितका साथ सेमिफाइनल पुग्ने आयोजक टोलीको लक्ष्य रहेको छ । खेल अपराहन्न ३ बजेबाट सुरु हुने आयोजकले जनाएको छ । काँकडभिट्टा माविको खेलमैदानमा भइरहेको प्रतियोगितामा आयोजकलाई पछिल्लो पराजयको बदला लिने अवसर हुनेछ । प्रतियोगिताको बिजेताले १० लाख १ हजार र उपबिजेताले ५ लाख १ हजार रुपैंयाँ पुरस्कार पाउने आयोजकले जनाएको छ ।