झापा:मोरङको उर्लाबारीबाट झापा प्रबेशको मुख्य नाका हो तारबारी ढाट । यही मार्ग भएर मेचीका ४ जिल्लाका बिभिन्न गन्तव्यमा पुग्ने सवारीका साधन भित्रिने गर्दछन् । त्यही भएर पनि यो तारबारी ढाटमा ट्राफिक प्रहरी कार्यालय दमकले एउटा ट्राफिक पोष्ट नै खडा गरेको छ । तर पछिल्ला दिनहरुमा ताराबारी ढाटमा खटिएका ट्राफिक प्रहरी जवानले दुख दिने गरेको गुनासो बढ्न थालेको छ ।

बिशेष गरी यहाँ ट्रिपर व्यवसायीलाई ट्राफिकले दुःख दिएको गुनासो छ । झापाको कमल गाउँपालिका, दमक नगरपालिका र गौरादह नगरपालिका गरेर जम्मा १९२ वटा ट्रिपर यही मार्ग हुदै नदीजन्य पदार्थ लिन मोरङतर्फ जान्छन् । ती ट्रिपरहरु झापा र मोरङको सिमामा रहेको मावा खोलामा पनि पुग्छन् । तर, यहाँ खटिएका ट्राफिक प्रहरी जवान सन्तोष पाण्डेले आफुहरुलाई दुःख दिएको व्यवसायी, चालक तथा सहचालकहरुको गुनासो छ । कहिले घण्टौसम्म आफ्ना ट्रिपर रोकेर राखिदिने त कहिले के बहानामा आफ्ना ट्रिपर रोकेर राखिदिने गरेको ट्रिपर व्यवसायी सन्तोष बस्नेतले बताए ।

aUntitled-1

अत्याधिक गुनासो बढेपछि तिनै ट्राफिक प्रहरी जवान सन्तोस पाण्डेलाई सम्पर्क गरेर जिज्ञासा राख्यौं । उनले दैनीक १९२ वटा ट्रिपरले ६ ट्रिपसम्म कुदाउने गरेको बताए । ६ ट्रिप ट्रिपर चलाउदा जम्मा १२ पटक यो मार्ग भएर ती ट्रिपर ओहोरदोहोर गर्ने बताउदै ट्राफिक पाण्डेले भने,“मैले प्रदेश १ ट्राफिक प्रहरी कार्यालय ईटहरीको आदेश मानेको हुँ, कसैलाई दुख दिएको होइन । अफिस टाईममा बिहान र दिउँसो २ घण्टा रोक्ने गरेको छु ।”

58379644_1579652875501465_5

टाईम कार्ड लागु भएकोले त्यसको ख्याल गर्दै चेकजाच आफुले गर्ने उनको भनाई छ । साथै, नदिजन्य सामाग्री लोड भएर आएका सवारीले सडकमै पानी चुहाउदै आउने भएकोले पनि सडक किनारामा साईड लाउन लगाएर १ घण्टासम्म पानी तहिर्याएर मात्र जान दिने गरेको उनले स्वीकार गरे । पाण्डेले अझै थपे,“आफुले ट्रिपर संचालनमा कडाई गरेसँगै यो क्षेत्रमा ट्रिपरका कारण हुने गरेका दुर्घटनामा कमी आएको छ ।”