धरान:स्थानीय स्तरमा उत्पादित अग्यानिक बस्तुको प्रबद्र्धन गर्ने उद्देश्यले धरानमा अग्यानिक खाद्यान्न पसल खुलेको छ ।

धरान–१८ बुद्धचोकमा ‘ह्यापी ग्रीन मार्ट’ शनिबारदेखि औपचारिकरुपमा सञ्चालनमा आएको हो । ‘स्वास्थ्य जीवनका लागि स्वास्थ्य आहारा’ भन्ने मुल नाराका साथ सञ्चालनमा आएको खाद्यान्न पसलको उद्घाटन वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका मुटु तथा मृगौला रोग विशेषज्ञ डा. सञ्जिब शर्माले गरेका थिए । उद्घाटनको क्रममा बोल्दै डा शर्माले रसायनीक मलको प्रयोग गर्दा कृषि उत्पादनमा मात्र हैन, वातावरणमा समेत असर पर्ने बताए । ‘हामीले रसायनिक मल प्रयोग गर्दा उत्पादन बस्तुमा त असर गरिनै हाल्छ, माटोमा पनि त्यतिकै असर पर्छ,’डा शर्माले भने,‘त्यतिमात्र नभर माटो हुँदै जमिन मुनीको पानीमा समेत असर गर्छ त्यसैले हामीलाई प्रत्यक्ष असर गर्छ ।’

IMG_20190427_135502

अहिले धरै जसो खाद्यान्य बस्तु रसायनिक मलको प्रयोगबाट उत्पादन हुने कारण मानिसहरुलाई दिर्घकालिन रोगहरु लाग्ने गरेको डा. शर्माले बताए । अग्यानिकमा एन्टी अक्सिडेण्ट पदार्थ हुने भएकोले क्यान्सर, मधुमेह,मुटुरोग जस्ता रोगहरु लाग्न नदिने उनले बताए । ‘पहिला हाम्रो बाबु बाजेले बारीमा अग्यानिक उत्पादन गर्नुहुन्थ्यो, त्यस्तो खानामा एन्टी अक्सिडेण्ट पदार्थ पाइने हुदा क्यान्सर, मधुमेह, मृगौला रोग जस्ता दिर्घकालिन रोगहरु लाग्न दिदैन, त्यसैले उहाँहरु त्यति रोगी हुनुहुन्न,’डा.शर्माले भने,‘हामीले चार वटा चिजमा विशेष ध्यान दिनुपर्छ । घाम, पानी, शारीरिक परिश्रम र अग्यानिक खानमा ध्यान दिउँ ।’

करिब ४ लाख रुपैयाँको लागतमा सञ्चालनमा ल्याएको पसलमा जुम्लाको मार्सी चामलदेखि इलामको अग्यानिक चियासम्म उपलब्ध रहेको सञ्चालक सबिता राईले बताइन् । उनका अनुसार दाल, मकैको चामल, मकै र कोदोको पिठो, मह, अट्टे धानको चामल, छुर्पी, गुन्द्रुक, सुकुटीको अचार, भटमासको किनामा, मस्यौरालगायतका उपलब्ध छ । यसैगरी, धरानमा निर्मित औलको जुत्ता तथा चप्पल, हातबाट निर्मित साबुन समेत उपलब्ध छ । ‘भोजपुर, पाचथर, इलाम, जुम्लाबाट पनि सामान मगाएर उपलब्ध गराएका छौं,’उनले भनिन्,‘धरानमा उत्पादन भएको सिकुटीको अचार, औलको जुत्ता चप्पल, कोसेली घरमा उत्पादन भएका बस्तुहरु पनि राखेका छौ ।’

IMG_20190427_155103

पसलमा प्रतिकेजी १ सय रुपैयाँदेखि बढीमा ६ सय रुपैयाँ सम्मका सामानहरु रहेको बताइन् । स्थानीय उत्पादीत बस्तुको प्रबद्र्धन तथा अग्यानिक खाना खाने बानीको विकास गर्नको लागि अग्यानिक पसल सञ्चालनमा ल्याएको सञ्चाकीका राईले बताइन् । ‘हामीले धरानको अमान बजारमा शनिबारे अग्यानिक हटिया लगाउदै आएका छौं,’उनले भनिन् ‘अब धरानमा अग्यानिक खानाको प्रचारको लागि पनि यो अभियानको रुपमा शुरुवात गरेका हुँं ।’

IMG_20190427_142557

IMG_20190427_142940