इटहरी । उद्योग वाणिज्य संघ इटहरीको चुनाव नजिकिदै गर्दा पक्ष बिपक्ष बिच बिवाद सृजना भएको छ । बरिष्ठ उपाध्यक्ष शैलेश बिष्ट पक्षले एक तर्फी लैजान खोजेको, नयाँ दर्ता र नविकरणमा कहिले नभएको नियम लाद्न खोजेको भन्दै पौडेल पक्षले आरोप लगाएको छ ।

फर्म दर्ता गर्न फर्म सञ्चालक आफै आउनु पर्ने नयाँ नियम लगाए पछि उद्योग वाणिज्य संघमा कब्जा गर्न खोजेको पौडेल पक्षले आरोप लगाएको हो । असार १४ गते हुने निर्वाचनमा बरिष्ठ उपाध्यक्ष शैलेश बिष्ट र सदस्य भिम पौडेल चुनावी मौदानमा उत्रिएका छन् । बिष्ट पक्षले आफ्नो बहुमतको दम देखाउन खोजेको, आफ्नो निकटको मात्र सदस्यता दर्ता गराउन खोजेको पौडेल पक्षको आरोप रहेको छ । बिगतमा त्यस्तो कुनै नियम नभएको र आफ्नो पक्षको मात्र सदसय दर्ता गराउन बिष्ट पक्षले एक तर्फी पेलेर जान खोजेको एक सदस्यले बताए । शनिबार बसेको बैठकमा सदस्य आफै आउनु पर्ने वा परिवारको सदस्यको उपस्थितिमा मात्र गर्नु पर्ने प्रसताव आए पछि त्यो अव्यवहारिक भएको भन्दै त्यसको पौडेल पक्षले बिरोध गरको छ ।

उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष लिलम बस्नेतको निर्देशनमा महासचिवले माईन्युट लिएर हिडेको आरोप पौडेल पक्षको रहेको छ । २०७३ सालमा नयाँ कार्यसमिति आएसंगै फर्मवला आफै आउनु पर्ने नियम बनाएको बरिष्ठ उपाध्यक्ष तथा अध्यक्षका उम्मेदवार शैलेश बिष्टले बताए । पौडेल पक्षले अनावश्यक विवाद निकालेको दावी गरेका छन् ।