धरान: प्रदेश १ का प्रदेशसभामा नेकपा संसदीय दलका उपनेता तथा सांसद टंक आङबुहाङले देश समृद्ध बनाउनको लागि खेल पर्यटनको विकास गर्न आवश्यक भएको बताएका छन् ।

ताप्लेजुङको मौवाखोला गाउँपालिका साँघुमा हुनलागेको भलिबल प्रतियोगिताबारे जानकारी दिन धरानमा आयोजित पत्रकार सम्मेलनमा उपस्थित नेता आङबुहाङले तीनै तहको सरकारले खेल पर्यटनको विकासको लागि गुरु योजना बनाएर अगाडी बढ्नुपर्ने धारणा राखे । ‘राष्ट्रलाई समृद्ध बनाउन, राष्ट्रको शान बढाउनको तीन तहको सरकारले खेलकुदको क्षेत्रमा लगानी गर्नुपर्छ,’नेता आङबुहाङले भने,‘राज्यले गुरुयोजना बनाएर स्पोर्टस टुरिजमको विकास गर्नुपर्छ ।’

हिमाल, पहाड र तराई सबै क्षेत्रमा खेलकुदको गतिविधि सञ्चालन गर्नुपर्ने बताउदै फुटबल, भलिबल, क्रिकेटलगायतका खेलहरुको जोनको रुपमा विकास गर्नुपर्ने पनि बताए । विकास र समृद्धिलाई कार्यान्वयन गर्नको लागि पनि खेलकुद क्षेत्रको विकास गर्नुपर्ने उनको भनाई थियो । ‘समृद्ध नेपाल खुसी नेपालीको नाराले सार्थकता पाउको लागि राज्यले स्पोट्र्स टुरिजमको विकास गर्नुपछर्,’उनले भने । हिजोको दिनमा स्वास्थ्य बन्नको लागि मात्र खेलकुक्षेत्रलाई रोजिने गरिएको बताउदै अब त्यस्तो नभएर राष्ट्रको शिर उचो राख्नेको लागि खेलकुद क्षेत्रमा लाग्नुपर्नेमा जोड दिए । राज्यले खेलकुदलाई दोस्रो दर्जाको रुपमा राखेर बजेट विनियोजन गर्ने कारण खुलकुदको विकास हुन नसकेको टिप्पणी गरे । प्रदेश सरकारले खेलकुद विद्येयक ल्याउन लागेको बताए ।