धरान: धरानमा ‘बाँझगरा कप छैठौ पुरुष तथा तेस्रो महिला खुल्ला भलिबल प्रतियोगिता यही बैशाख २३ गतेदेखि हुने भएको छ ।

बाँझगरा यूवा क्लव धरान–१५ को आयोजनामा एभरेष्ट लाइनको भलिबल कोर्टमा प्रतियोगिता तीन दिनसम्म सञ्चालन हुने भएको हो । बाँझगराको पुरुषतर्फको छैठौं सस्करण हो भने पहिलातर्फ तेस्रो संस्करण हो । प्रतियोगितामा पूरुषतर्फ विभागीय टिम र आयोजकको दुई टिमसहित करिब १२ टिमको सहभागीता हुने आयोजक क्लवका अध्यक्ष देवराज राईले बताए । १ नम्बर प्रदेश प्रहरी कार्यालय रानी विराटनगर, सशस्त्र प्रहरी बल पकली र नेपाल आर्मीको पूर्वी पृतना क्याम्प इटहरी, आयोजक क्लवको दुई टिमसहित अन्य टिमहरुको सहभागीता हुने उनको भनाइ थियो ।

यसैगरी, महिलातर्फ आयोजकको २ टिसहित चार टिमको सहभागीता हुने जनाए । धरानको यूनाइटेड गोर्खा एकेडेमी, शारदा वालिका मावि, इटहरी, तरहरा र मोरङबाट पनि टिम आउने उनले बताए । प्रतियोगिताको पुरुषतर्फको विजेताले नगद ६१ हजार रुपैयाँ र उपविजेताले नगद ३१ हजार रुपैयाँसहित ट्रफी, मेडल प्रदान गर्ने आयोजकले जनाएको छ । यसैगरी, व्याक्तिगत पुरस्कार पुरुषतर्फ सर्बोकृष्ट खेलाडीलाई नगद ३ हजार ५ सय रुपैयाँ प्रदान गर्दा अन्य बेष्ट ब्लकर, बेष्ट स्पाइकर, बेष्ट डिफेन्सलगायतलाई जनही नगद २ हजार रुपैयाँ प्रदान गरिने छ ।

यसैगरी, महिलातर्फको विजेताले नगद १५ हजार रुपैयाँ र उपविजेताले नगद ८ हजार रुपैयाँसहित ट्रफी, मेडल प्रदान गर्ने आयोजकले जनाएको छ । यसैगरी, व्याक्तिगत पुरस्कारतर्फ सर्बोकृष्ट घोषित खेलाडीलाई नगद १ हजार रुपैयाँ र अन्य विद्यामा नगद ५ सय रुपैयाँ दिइने छ । यसैगरी, प्रतियोगिता सञ्चालनको लागि पुर्वअध्यक्ष देउमान लिम्बूको संयोजनमा ६५ हजार रुपैयाँ आर्थिक संकलन गरिएको समेत जानकारी दिइएको थियो । भलिबल खेलको विकासको लागि सबैले स्वःस्फुर्त रुपमा सहयोग संकलन गरिएको उनले बताए ।