झापा: झापा उद्योग वाणिज्य संघ शाखा कमल गाउँपालिकामा उमानाथ भण्डारीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ ।

सघको आईतबार सम्पन्न १२ औं वार्षिक साधारणसभाले आगामी ३ वर्षे कार्यकालका लागि भण्डारीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । समितिको वाणिज्य उपाध्यक्षमा अमल श्रेष्ठ, उद्योग उपाध्यक्षमा युवराज पाठक, सचिवमा विरेन्द्र अधिकारी, वाणिज्य उपसचिवमा कृष्ण ओझा, उद्योग उपसचिवमा सेलिना राई र कोषाध्यक्ष भगिरथ रिजाल चयन भएका छन् । यस्तै, सदस्यमा रामप्रसाद दाहाल, यदुपति मल्लिक, भुवन चम्लागाई, मुक्तिनाथ काफ्ले, शेखर निरौला, देविमाया नेपाल र विन्दु राई सर्बसम्मत चयन भएका छन् ।