सप्तरी:अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सप्तरीमा एकजना वडाध्यक्षलाई घुस लिएको रकमसहित पक्राउ गरेको छ ।

सप्तरीको सुरुङ्गा नगरपालिका वडा नं ५ का अध्यक्ष मो. शिल्टु मियाँलाई अख्तियारको टोलीले घुस लिएको रकमसहित पक्राउ गरेको हो । अख्तियारले अध्यक्ष मियँलाई २५ हजार रुपैया घुससहित पक्राउ गरेको हो । हाल पक्राउ परेका अध्यक्षको मुचुल्का उठाउने काम भइरहेको छ ।