धरान: धरानका प्रिन्टर्स व्यवसायीहरु संगठित भएका छन् । आफ्नो पेशागत हकहितको लागि भेला भएका व्यवसायीहरुले सोमबार विष्णु वराललाई संयोजक चयन गरेका छन् ।

व्यवसायीहरुको भेलाले वरालको संयोजकत्वमा ११ सदस्यीय प्रिन्टर्स एसोसिएसन अफ धरान गठन गरेका छन् । वराल धरानका सफल युवा व्यवसायी हुन् । सामाजिक क्षेत्रमा पनि उनी परिचित छन् । वराल धरान जेसिजको अध्यक्ष र नेपाल जेसिजको केन्द्रीय कार्यकारिणी उपाध्यक्षसमेत भइसकेका व्यक्ति हुन् । सोही भेलाले एशोसिएशनको सचिवमा भोला श्रेष्ठ र कोषाध्यक्षमा सुमन श्रेष्ठ(क)लाई चयन गरेको छ । यसैगरि, सदस्यहरुमा सुमन श्रेष्ठ (ख), लोकेन्द्र श्रेष्ठ, दिनेश श्रेष्ठ, रोजेश शाक्य, चेतन वज्रचार्य, आक्रोश थापा रहेकय छन् भने अन्य २ सदस्य कार्यसमितिको पहिलो बैठकले चयन गर्ने सचिव श्रेष्ठले जानकारी दिए ।

printers

भेलाले व्यवसायीहरुको पेशागत हकहित र अधिकारका लागि संगठित भएर काम गर्ने निर्णय गरेको छ ।
एसोशिएसनले पेशागत हकहितको लागि विभिन्न दवावमूलक एवं सृर्जनात्मक कार्यहरु गदै पेशागत एकता र सहयकार्यलाई अघि वढाउने संयोजक वरालले बताए । ‘धरान क्षेत्रका सबै प्रिन्टर्स व्यावसायीहरुलाई संगठित गदै अघिबढ्छौ, व्यवसायीहरुको तथ्याङ संकलन गरेर संगठित गर्छौ,’उनले भने । पेशागत संगठनको अभावमा व्यवसायीहरुले विभिन्न किसिमका समस्या भोग्नु परेकोले संगठन बनाउनु परेको व्यवसायीहरुको भनाई छ । धरानमा करिव १ सय ५० को हाराहारीमा प्रिन्टर्स व्यवसायीहरु रहेको अनुमान छ ।