मोरङ: मोरङ जिल्लाको मिक्लाजुङ गाउँपालिका ६ स्थित रहेको बक्राहा नुनसरी खोलामा गाडिएको अवस्थामा एम१६ राइफल फेला परेको छ ।

इलाका प्रहरी कार्यालय मधुमल्लाबाट खटिएको टोलीले जीर्ण अवस्थाको राइफल फेला पारेको हो । प्रहरीको अनुसार १ थान राइफलसँगै खिया परेको म्याग्जिन र गोली ६ राउण्ड पनि फेला परेको छ । फेला परेको हतियार सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।