भुटाहा : सुनसरीको हरिनगर गाउँपालिकाको भुटाहामा सडक निमार्णको जिम्मा पएको ठेकेदारको गैरजिम्मेवारीका कारण  भुटाहा बजार अबरुद्ध भएको छ।

हुलाकी सडक बन्नलागेपछि सर्वसाधारणमा खुशियाली छाएको थियोे । तर ठेकेदारको मनोमानिले गर्दा भुटाहा बजारको सडकमा पर्ने ,घर, पसल सटर छानो तथा सडक निमार्णका अरोधहरु हटाउने कुनै चासो नदेखाएको स्थानीयबासीहरुको आरोप लगाएका छन ।

हुलाकी सडक अन्तर्गत बिराटनगरको बरगाछी देखि सुनसरीको फुलचौक सम्म बन्नलागेको सडक भुटाहामा आएर ठेकेदारले पहिलाको डिपिआर अनुसार खसाएको रातो माटो दुई महिना सम्म सडकमा राखेर फेरि अहिले बजारको माटो उठाउनु थालेपछि स्थानीय बासीन्दाहरुले बिरोध गर्दै गाडी नियन्त्रणमा लिएको थिए।

नियन्त्रणमा लिएको गाडी प्रहरीले आफ्नो नियन्त्रण लिएको थियोे । केही समयपछि गाउँपालिको अध्यक्षको आदेशमा गाडी छाडिदिएको हरिनगर गाउँपालिका मेलमिलाप संयोजक डा.अलाउद्दीन अन्सारीले बताए। ठेकेदारले गाडी पाएपछि भुटाहा बजारको सडक अबरुद्ध गरेर छाडेको छ। भुटाहाबाट दैनिक लाखौं मानिसहरु हजारौं गाडीहरुका चल्ने व्यस्त सडक ठेकेदारको कारण अबरुद्ध भएको छ । अहिले सुनसरीको दक्षिण क्षेत्रमा सुख्खा मौसमका कारण आगलगिका घटनाहरु धेरै हुन्छन यस्तो अबस्थामा बरुणयन्त्र समेत आउनै नसक्ने अवस्था रहेको स्थानीय स्थानिय बताउछन ।

भुटाहा बजार भएर सुनसरी जिल्ला सदरमुकाम इनरुवा आउने मुख्य सडक अबरुद्ध भएपछि सर्वसाधारण जनताहरु मारमा परेका छन।