धरान(डेस्क) : मे १ तारिख, अर्थात अन्तर्रा्ष्ट्रिय श्रमिक दिवस । आज १ सय ३० औँ अन्तर्रा्ष्ट्रिय श्रमिक दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइदैछ ।

दिवसका अवसरमा विभिन्न मजदुर संगठनले अन्तक्र्रिया, चेतनामूलर्क याली जस्ता कार्यक्रम आयोजना गर्न लागेका छन् । सन् १८८६ मा अमेरिकाको शिकागोमा ‘आठ घन्टा काम, आठ घन्टा मनोरन्जन र आठ घन्टा आराम’ नारासहित शुरु भएको मजदुर आन्दोलनको सम्झनामा विश्वभर श्रमिक दिवस मनाइन्छ । सन् १८८९ मा फ्रान्सको पेरिसमा सम्पन्न विश्वका श्रम संगठन एवं श्रमिक नेताको बैठकले विश्व श्रमिक दिवस विश्वभर मनाउने निर्णय गरेको थियो ।

त्यस यता सन् १८९० देखि हरेक वर्ष अंग्रेजी महिनाको मे १ तारिखमा श्रमिक दिवस मनाउन थालिएको हो । नेपालमा विराटनगरमा विसं २००७ मा मजदूर आन्दोलनसँगै यो दिवस मनाउन थालिएको हो । विसं २०४६ को राजनीतिक परिवर्तनसँगै नेपालमा यो दिवसमा सार्वजनिक बिदा दिन थालिएको हो ।

यसैबीच राष्ट्रपति विद्यादेवी भण्डारीले अन्तर्रा्ष्ट्रिय श्रमिक दिवसले श्रमिक हकअधिकारको रक्षार्थ विश्वभरीका श्रमजीविलाई एकताको सुत्रमा बाँध्न सहयोग गर्ने विश्वास व्यक्त गरेकी छन् । दिवसका अवसरमा शुभकामना दिँदै उनले सबै पक्षबाट श्रमको सम्मान र मर्यादा हुनुपर्ने बताएकी छन् ।

नेपालको बर्तमान संवैधानिक प्रावधान र मजदुरको पक्षमा बनाइएका नयाँ ऐनले उनीहरुको अवस्थामा महत्वपूर्ण सुधार आइ विदेश पलायन हुने क्रम रोकिने उनले आफ्नो सन्देशमा उल्लेख गरेकी छन् ।

राष्ट्रपति भण्डारीले सरकारले लिएको सामाजिक न्याय र समानतामा आधारित समृद्ध नेपालको साझा सङ्कल्प सार्थक तुल्याउन श्रम क्षेत्र सुधारका दिशामा सरोकारवाला पक्षहरू केन्द्रित हुनेमा आफु आशावादी रहेको बताएकी छन् ।