बेलायतका रक्षामन्त्री गेविन विलयम्सनलाई बर्खास्त गरिएको छ ।

राष्ट्रिय सुरक्षा परिषद्को उच्चस्तरीय बैठकको सुचना चुहाएको विषयमा भएको जांचपछि उनी बर्खास्तगीमा परेका हुन् । विलियम्सन सन् २०१७ देखि रक्षामन्त्री थिए । प्रधानमन्त्री कार्यालयले प्रधानमन्त्री टेरिजा मेले उनको क्षमता र उनीमाथिको भरोसा गुमाएको जनाएको छ ।

प्रधानमन्त्री मेले एनसीसीको बैठकको जानकारी चुहाउनु गंभीर र निराश गर्ने विषय भएको बताए । चीनको हुवावे कम्पनीको बेलायतमा फाइज–जी नेटवर्क तयार गर्न सहयोग गर्ने योजनाको विषयसम्बन्धी जानकारी चुहाएको आरोप छ ।

विलियम्सले भने कुनै जानकारी नचुहाएको दाबी गरेका छन् । पेनी मोरण्डट बेलायतको नयाँ रक्षामन्त्री बन्नेछन् ।