झापा : झापाको काँकभिट्टामा जारी मेचीनगर गोल्डकपको फाईनल समिकरण आज पुरा हुँदैछ ।

फाईनलको ढोका उघार्नका लागि आज डिफेण्डिङ च्याम्पियन त्रिभूवन आर्मी र थ्रिस्टार क्लब आमनेसमाने हुदैछन् । यस अघि हिजो सम्पन्न पहिलो सेमिफाईनल खेलमा संकटा क्लबलाई ट्राईब्रेकरमा पराजित गर्दै नेपाल पुलिस क्लबले फाईनलमा आफ्नो स्थान सुरक्षित गरिसकेको छ । प्रतियोगिताको यो चौथो संस्करण हो । चौथो संस्करणसम्म आईपुग्दा पुरस्कारको राशीमा समेत बृद्धी गरिएको छ ।

प्रतियोगिताको बिजेताले नगद १० लाख १ हजार रुपैँया र उपविजेता टिमले नगद ५ लाख १ हजार रुपैयाँ पाउने आयोजक क्लबका अध्यक्ष मीन बस्नेतले जानकरी दिए ।