इटहरी: क्षेत्रीय कृषि तरहरामा गत बर्ष आँपको उत्पादन राम्रो थियो, तर यो बर्ष भने उत्पादन भएन ।

बागबानी प्रमुख मनिष ठाकुरका अनुसार आँप एक बर्ष विराएर उत्पादन हुने गर्छ । लिचिको उत्पादन भने राम्रो रहेको उनले बताए । ‘आँप एक बर्ष बिराएर उत्पादन हुन्छ,’ उनले भने,‘लिचिमा समस्या भएपनि सन्तोषजनक छ ।’ करीब ५ सय वटा आँपको बोट छ, तर २० वटामा मात्रै आँफ फलेको उनले जानकारी दिए । यो बर्ष लिचिको ठेक्का लागेपनि आँपको ठेक्का लाग्न सक्ने अवस्था नै नरहेको ठाकुरले बताए ।

ठाकुरका अनुसार उन्नत र स्थानीय गरी ५० जातका आँप छ । जेठ १ गतेबाट केही बिरुवा पनि वितरण गर्ने तयारी पनि भइरहेको छ । आँप, लिची, कटहर, अम्बा, कागती, निबुवा, सुपारी र मरिच लगायतका बिरुवा वितरण हुन्छ । कुल दुई सय ४० वटा लिचिको बोट रहेको छ । त्यसमध्ये दुई सय बोटमा मात्रै लिची फलेको छ । लिचीको बोट दुई लाख ८० हजारमा ठेक्का लागेको ठाकुरले बताए । क्षेत्रीय कृषि अनुसन्धानको बागबनीमा फलफूलका मात्रै ५ हजार बढी बोटबिरुवा रहेको छ । यहाँ तरकारीको बिउ पनि उत्पादन भईरहेको छ ।