धरान: चिरन्जिवि बचत तथा ऋण सहकारी संस्था लिमिटेडको धरान १३ मा कार्यालय उद्घाटन भएको छ ।

धरान–१५ मा सञ्चालनमा रहेको सो सहकारी विहिवारबाट सो स्थानमा सञ्चालनमा आएको हो । विशेष अतिथि रहेका नेपाल पत्रकार महासंघ सुनसरीका उपाध्यक्ष सन्तोष काफ्लेले रिवन काटेर कार्यालयको उद्घाटन गरेका थिए । प्रमुख अतिथि एवं धरानका कार्यवाहक प्रमुख नरेश इवारम कार्यक्रममा आउन निक्कै ढिला भएपछि काफ्लेबाट उद्घाटन गरिएको थियो । प्रमुख अतिथि इवारमले सहकारी सामुहिक लगानीको व्यवसाय भएकोले सबैले अपनत्वको भावना बोकेर अघि बढनु पर्ने सुझाव दिए । सहकारीले विपन्न वर्गको जीवन उकास्नमा ठूलो मद्दत गर्ने भएकोले सहकारी गरीवको वैंकको रुपमा स्थापित र विश्वसनीय वन्दै गएको उनले बताए ।

कार्यक्रममा वोल्दै विशेष अतिथि काफ्लेले धरानमा सहकारी फस्टाउदै गएको र यस क्षेत्रले धेरैलाई स्वरोजगार वनाउदै देशकै सवैभन्दा ठूलो रोजगारदाताको रुपमा आफूलाई स्थापित गदै लगेको वताए । कार्यक्रममा भोला श्रेष्ठले धरानमा सहकारीको विकास तिव्र गतिमा भएको वताउदै सहकारी क्षेत्रले धेरैलाई स्वरोजगार तथा व्यवसायिक वनाउदै जीवनस्तर उकास्न सहयोग गरेको वताएका थिए ।

कार्यक्रमका सभापति खेम माझीले शेयर सदस्यको चाहाना र समयको माग अनुसार संस्थालाई अघि वढाउदै लैजाने वताए । उनले सहकारीले शेयर सदस्यको आर्थिक उन्नतीका लागि जस्तोसुकै योजनाहरु ल्याउन पनि पछि नपर्ने दावी गरेका थिए । धर्मेन्द्र दासले सञ्चालन गरेको सो कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधि तथा सहकारीकर्मीहरुको उपस्थिति रहेको थियो ।