भारतको ओडिसामा ‘फानी’ नामक सामुद्रिक आँधीको प्रभाव सुरु भएको छ ।

बंगालको खाडीबाट विकसित भएको फानी भारतको ओडिसामा आइपुग्दैछ । जसका कारण त्यहाँ वर्षा सुरु भएको छ । तटीय क्षेत्रका लाखौं मानिसलाई सुरक्षित स्थानमा लगिएको छ । उद्धारकर्मीहरुलाई उच्च सतर्कतामा राखिएको छ ।

आँधीको असरलाई मध्यनजर गर्दै हवाई उडान रद्द गरिएका छन् भने रेल चल्न पनि रोक लगाइएको छ ।

यो आँधी ओडिसामा स्थानीय समयअनुसार बिहान ८ बजे आइपुग्ने र मध्याह्न १२ बजेसम्म जारी रहनसक्ने त्यहाँका मौसमविद्हरुले बताएका छन् । यो बेला हावाको गति प्रतिघन्टा १७५ देखि १८५ किलोमिटर रहनसक्ने बताइएको छ ।

ओडिसाका झन्डै १० लाख मानिसलाई सुरक्षित स्थानमा सारिएको छ । 

ANI @ANI
 

Odisha: Strong winds and rainfall hit Puri. is expected to make a landfall in Puri district today. Visuals from near Puri Beach.

214 people are talking about this