नई दिल्ली: भारतको पूर्वीय तटवर्ती क्षेत्रबाट आएको सामुद्रिक आँधी ‘फानी’ले ओडिसामा ताण्डव मच्चाएको छ ।

शुक्रबार बिहानैबाट सुरु भएको आँधीका कारण जनजीवन प्रभावित बनेको ओडिशा प्रहरीले जनाएको छ । शक्तिशाली आधीले रुखहरु ढालेका छन् भने सवारीसाधान, विजुलीको पोलहरुमा पनि क्षति पुर्याएको छ । आँधीको बेग अहिले कम हुँदै गएको पनि बताइएको छ । सुरुमा २६० किलोमिटर प्रति घण्टाको गतिमा आएको आँधी अहिले १६० को गतिमा चलिरहेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

cyclone-fani1

भारतको प्रकोप नियन्त्रण विभागको बिहीबार नै आँधी आउने पुर्व सुचना जारी गरेपछि त्यहाँबाट करिब १० लाख मानिस सुरक्षित स्थानमा सारिएकाले मानवीय क्षति हुन नपाएको बताइएको छ । सामुद्रिक आँधीका कारण शुक्रबार अपराह्नमा तीर्थस्थल पुरीनजिकै भूस्खलन हुने अनुमान गरिएको छ । अहिले आँधी बंगालको खाडीबाट भारतको ओडिसा राज्यतिर बढिरहेको बताइएको छ । फानीले शुक्रबार जमिनमा प्रहार गर्ने अनुमान गरिएको छ । त्यो ओडिसाको तट हुँदै बंगलादेशतर्फ लाग्ने बताइएको छ । एजेन्सी

fani-1 1 fani3 fani4 fani-5 fani7f fani6