इटहरी : सुरक्षित इटहरी निर्माणका लागि इटहरीमा एक हप्ते डकर्मी तालिम सुरु भएको छ ।

भवन संहिता अनुरुप भूकम्प प्रतिरोधी भवन निर्माण गर्नका लागि दक्ष जनशक्ति उत्पादन गर्न इटहरी उपमहानगरले डकर्मी तालिम सुरु गरेको हो । भुकम्प प्रविधि राष्टिय समाज एनसेटको प्राविधिक सहयोगमा सुरु भएको तालिममा इटहरीका सबै वडाबाट गरि ३४ जना डकर्मीको सहभागिता रहेकोछ । एनसेटका इन्जिनियरहरु हेमन्त गाँई, सुमन ओली र उपेन्द्र भण्डारीले तालिमको सहजिकरण गरेका छन् । तालिममा इटहरीका मेयर द्वारिकलाल चौधरीले उद्घाटन गर्दै तालिम प्रभावकारी हुने विश्वास जनाए ।

उमपेयर लक्ष्मी गौतम, प्रमुख प्रशासकीय अघिकृत केशव विमली, घरनक्सा शाखा प्रमुख विकास भट्टराई र एनसेटका इन्जिनियर हेमन्त गाँईले तालिमको सफलताको शुभाकाना दिए ।