धरान : शुक्रबार (आज) विश्व प्रेश स्वतन्त्रता दिवश धरानमा पनि मनाइएको छ । नेपाल पत्रकार महासंघ सुनसरीको आयोजनामा धरानमा अन्तरक्रिया तथा प्रभातफेरी निकालेर विश्व प्रेस स्वतन्त्रता दिवश मनाइएको हो ।

भानुचोकबाट निकालिएको प्रभातफेरी धरान उपमहानगरपालिका पुगेर अन्तरक्रियामा परिणत भएको थियो । अन्तरक्रियामा नेपाल पत्रकार महासंघ सुनसरीका पूर्व अध्यक्ष केशब घिमिरेले नेपाल पत्रकार महासंघ सुनसरीको पूर्वअध्यक्ष केशव घिमिरेले सरकारले विधुतीय कारोबार ऐन वित्तिय संस्थाहरुलाई नियम गर्न ल्याउने बहानामा त्यसमा केही बुँदा थपेर प्रकारहरुमाथी प्रहार गरेको आरोप लगाए । ‘बैकिङ कसुर नियमन गर्न ऐन ल्याइयो, तर शासकहरुले यसको गलत फाइदा उठाउन खोजे’ पूर्वअध्यक्ष घिमिरेले भने ‘यो ऐनमा केही बुँदा थपेर पत्रकारहरुको घाँटी निमोठ्ने काम भएको छ’ । बर्तमान सरकार एक पछि अर्को गदै प्रेस स्वतन्त्रतालाई धरासायी बनाउनेतर्फ उन्मुख भएको आरोप लगाए । उनले अहिले व्यावसायीक पत्रकारीता भन्दा पनि पार्टी पत्रकारीता हाबी भएको भन्दै चिन्ता प्रकट गरे ।

यसैगरी, नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य तथा ब्लाष्ट टाइम्स दैनिकका सम्पादक किशोर कुमार कार्कीले सामाजिक सञ्जाल व्यावसायीक पत्रकार तथा मिडिया हाउसको मुख्य चुनौतीको रुपमा रहेको धारणा राखे । तथ्यहिन समाचारहरु फेसबुक, ट्वीटर जस्ता सामाजिक सञ्जालमा आउँदा व्यावसायीक पत्रकारीता गर्न गाह्रो भइरहेको भन्दै चिन्ता व्याक्त गरेका थिए । ‘अहिले प्रविधिको विकास त भयो तर, व्यासायीक पत्रकार र सञ्चारगृहको लागि समाजिक सञ्जाल मुख्य चुनौतीको रुपमा देखिएको छ’ कार्कीले भने, ‘तथ्यहिन समाचार आउने हुँदा व्यावसायीक पत्रकारीता गर्न समस्या सिर्जना हुन थाल्यो’ । यसको नियमन गर्नको लागि सम्बन्धीत निकायलाई ध्यानाकर्षण गराउँदै महासंघलाई पनि आवश्यक कदम चाल्न सुझाव दिए । यस्ता कार्यहरुले अहिलेसम्मका प्राप्त उपलब्धीहरु गुम्ने खतरा बढेको भन्दै सचेत गराए ।

महासंघ सुनसरीका अध्यक्ष अम्बर खड्काले नागरिक स्वतन्त्रताको लागि महासंघ सधै लडिरहेको बताए । ‘राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, प्रेस तथा अभिव्याक्ति स्वतन्त्रता, पत्रकारको अधिकार तथा सञ्चार माध्यमको हितमा लाग्ने महासंघको मुल मन्त्र हो’ अध्यक्ष खड्काले भने, ‘यसमा सबै एक भएर लाग्नुपर्छ’ । नेपाल पत्रकार महासंघको तथ्याङक अनुसार यसवर्ष प्रेस स्वतन्त्रता हननका घटना ६० वटा भएका थिए । ७७ जना पत्रकार राज्य पक्षबाट र अन्यबाट विभिन्न घटनाका सिकार भएका थिए । जसमा मकवापुरका मनोहर ढकालको हत्या भएको थियो भने बाजुराका तेजन खड्कालाई बेपत्ता पारिएको छ । अन्य पत्रकारहरुलाई प्रहरीले पक्राउ गरेको, दुव्र्यावहार, आक्रमण, समाचार संकलनमा अवरोध र समाचारा प्रसारणमा अवरोध पुर्याएको थियो ।

press