झापा : चौथो मेची नेत्रालय मेचीनगर गोल्डकपको उपाधिका लागी विभागीय टिम त्रिभुवन आर्मीले नेपाल पुलिसको सामना गर्दैैछ ।

डिफेन्डिङ च्याम्पियन आर्मी सिजनको ५ औं उपाधि आफनो पक्षमा पार्ने रणनीतिका साथ तयारीमा रहँदा पुलिस सिजनको दोस्रो उपाधि जित्नका लागी काँकडभिट्टाको मैदानमा उत्रदैँछ । गत संस्करणको गोल्डकप प्रतियोगितामा आर्मीसँग ३–० ले हारेर उपाधि होडबाट बाहिरिएको पुलिसलाई जित निकाल्दै हारको बदला लिने अवसर रहेको छ । आर्मीलाई जित दिलाउन २ गोल गर्ने दिनेश हेन्जन टिममा नहुँदा जर्ज्प्रिन्स कार्की बेञ्चमा छन् । आठौं राष्ट्रिय खेलकुदमा स्वर्ण पदकका लागी समेत भिडेका यी २ टोली सिजनमा दोस्रो पटक प्रतिस्पर्धा गर्दैछन ।

मेचीनगर गोल्डकपको चारवटा मध्ये २ वटा संस्करणमा सहभागिता जनाएको आर्मीले गत संस्करणमा मनाङ मर्स्याङदीलाई हराउँदै उपाधि जितेको थियो । जारी सिजनमा मेचीनगर गोल्डकप अघि ८ वटा फाइनल खेलेको आर्मीले ४ वटा उपाधि आफनो पक्षमा पार्दा पुलिसले २ वटा मध्ये खप्तड गोल्ड कपको मात्र उपाधि आफ्नो पक्षमा पारेको थियो । आठौं राष्ट्रिय खेलकुदमा स्वर्ण पदकका लागि पराजित पुलिस टिम आर्मीलाई हराउँदै सिजनको दोस्रो उपाधिको पर्खाइमा छ ।