झापा : प्रतिनिधी सभाको निर्वाचनमा झापा क्षेत्र नम्बर ५ बाट वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिद्वन्दी उम्मेद्वारका रुपमा रहनुभएका कांग्रेस नेता डा. खगेन्द्र पाण्डव अधिकारीले सरकारको नीति तथा कार्यक्रम पुरानै क्रमलाई निरन्तरता दिईएको टिप्पणी गरेका छन् ।

कपुरीकर्मीसँग कुरा गर्दै उनले वर्तमान सरकारको नीति तथा कार्यक्रमलाई कांग्रेस सरकारकै नीति तथा कार्यक्रमको फोटोकपी प्रिण्ट भएको आरोप लगाए । यस्तै राष्ट्रपति विद्यादेबी भण्डारीले प्रतिनिधी र राष्ट्रिय सभाको संयुक्त बैठकमा पेश गरेको सरकारको नीति तथा कार्यक्रम वाचन गर्दा प्रयोग गरिएको मेरो सरकार भन्ने शब्दको बिरोध गरे । राष्ट्रपतिको मेरो सरकार भन्ने शब्दावलीले पञ्चायतकाल र राजतन्त्रकै झल्को दिएको उनको टिप्पणी छ । सरकारले अहिलेसम्म भएका प्रगतीमा हावादारी कुराहरु मात्र उल्लेख गरिएको उनको बिश्लेषण छ ।