इटालियन क्लब युभेन्ट्सका स्टार खेलाडी क्रिष्टियानो रोनाल्डोले आफ्नो करियरकै सयौं हेडर गोल गरेका छन् ।

पोर्चुगलका कप्तानसमेत रहेका रोनाल्डोले टोरिनोविरुद्धको खेलमा १०० औं हेडर गोल पूरा गरेका हुन् । सिरी ‘ए’ अन्तर्गतको खेलमा टोरिनोसँ १–० ले पछि परेको अवस्थामा रोनाल्डोले हेडर गोल गर्दै युभेन्ट्सलाई हारबाट जोगाएका थिए । क्लबलाई हारबाट जोगाउन मात्र होइन, उनले करियरको १०० औं हेडर गोल पुरा गरेपछि फेरी उनको चर्चा चुलिएको छ । रोनाल्डोले ८४ औं मिनेटमा लियोनार्डोको क्रसमा हेडर गोल गरेका थिए ।

गएको आइतबार रोनाल्डोले क्लब करियरको ६०० औं गोल पनि गुरा गरिसकेका छन् । उनले इन्टर मिलानविरुद्ध ६०० औं गोल गरेका थिए । स्पेनिश क्लब रियल मड्रिडबाट युभेन्ट्स आएका रोनाल्डोले पहिलो सिजनमा नै आफ्नो प्रभाव देखाएका छन् । उनले ४० खेलमा २७ गोल गरेका छन् भने १३ वटा गोलको अवसर सृर्जना गरेका छन् ।