धरान:प्रथम महिला बास्केटवल प्रतियोगिताको उद्घाटन खेल यलम्वर बास्केटवल टिम र इमोर्टल्स क्लवबीच हुने भएको छ ।

यही वैशाख २३ गतेदेखि २५ गतेसम्म हुन लागेको प्रतियोगिताको खेल तालिका ड्रमार्फत तयार गर्दा यलम्बर र इर्मोटलबीच उद्घाटन खेल हुने तय भएको हो । प्रतियोगिताको खेल तालिका सहभागी हुने क्लवका प्रतिनिधि र आयोजकको उपस्थितिमा आज तयार गरिएको हो । प्रतियोगितामा धरान उपमहानगरपालिका भित्रका ८ महिला टिमले सहभागिता जनाएको छ । प्रतियोगिता महिला बास्केटवल खेलाडीको उत्पादन तथा खेलको विकास गर्ने उद्देश्यले धरान वास्केटवल संघले आयोजना गरेको हो ।

basket

प्रतियोगितामा डिपो क्याम्पस बास्केटवल टिम, लोटस स्कुल, विष्णु स्कुल, केन्द्रीय प्रविधि क्याम्पस हात्तिसार, स्ट्याग क्लव, होराइजन क्लव, यलम्वर क्लव र इर्मोटल्स क्लवले भाग लिएको छ । प्रतियोगिताको विजता टिमले नगद १० हजार र उपविजेताले नगद ५ हजारसहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

प्रतियोगिताका मोस्ट भ्यालुएवल प्लेयर (एमभिपि), उदयमान खेलाडी घोषणा गरेर पुरस्कृत पनि गरिनेछ । जिल्ला बास्केटवल संघको प्रविधिक सहयोग र धरान उपमहानगरपालिकाको संयोजनमा प्रतियोगिता हुन लागेको हो । प्रतियोगिता धरान १८ स्थित डपो आर्दश वहुमुखी क्याम्पसको बास्केटवल कोर्टमा हुनेछ ।