झापा: मेची नेत्रालय चौथो मेचीनगर गोल्डकपको उपाधि नेपाल पुलिस क्लबले हात पारेको छ ।

आज सम्पन्न उपाधी भिडन्तमा पुलिसले अर्को विभागीय टिम त्रिभुवन आर्मी क्लबलाई सडन डेथमा हराएको हो । निर्धारित ९० मिनेटको खेलमा दुबै टोलीबाट कुनै पनि गोल हुन नसकेपछि खेल ट्राईब्रेकरमा धकेलिएको थियो । ट्राईब्रेकरमा समेत दुबै पक्षबाट बराबरी गोल भएपछि खेलको निर्णय सडन डेथबाट गरिएको थियो ।

सडन डेथमा आर्मीका खेलाडीको प्रहार पोलमाथिबाट बाहिरिएको थियो भने पुलिसले बललाई जाली चुमाएसँगै उपाधी आफ्नो पक्षमा पारेको हो । जितसँगै पुलिसले नगद १० लाख एक हजार नगद जितेको छ भने उपबिजेतामै चित्त बुझाएको आर्मीले पाँच लाख एक हजार नगद जितेको छ । प्रतियोगितामा जम्मा १० टिमको सहभागिता रहेको थियो ।