ब्लाष्ट : आजको ब्लाष्ट टाइम्स दैनिकमा “वन मुद्दाका दुई फरार पक्राउ” शीर्षकको समाचार छापिएको छ । जिल्ला अदालत उदयपुरबाट वन मुद्दाको कसुरमा केही कैद र जरिवाना सजाय तोकिएका दुईजना फरार अपराधीलाई प्रहरीले पक्राउ गरेको छ । त्रियुगा नगरापालिका २ निवासी ३३ वर्षीय सुन्दर चौधरी र ३५ वर्षीय राजिन भनेर चिनिने राजेन्द्र चौधरीलाई प्रहरीले पक्राउ गरी अदालतमा हाजिर गराएको हो । अदालतले वन मुद्दाको कसूरमा फरार अपराधीहरुलाई ५ महिना कैद र एक लाख ३८ हजार ६ सय जरिवाना सजाय फैसला सुनाएको थियो । फरार अपराधीहरुलाई गत १९ गते र २० गते प्रहरीले पक्राउ गरी अदालतमा उपस्थित गराई कारागार चलान गरेको प्रहरीले जनाएको छ ।

नागरिक पूर्वेली : आजको नागरिक पूर्वेली दैनिकमा “काबेली करिडोरः दोस्रो खण्डमा परिक्षण” शीर्षकको समाचार छापिएको छ । इलाम, पाँचथर र ताप्लेजुङमा उत्पादन भएको विधुत केन्द्रीय ग्रिडमा जोड्नका लागि बनाइएको विधुत प्रसारणलाई काबेली करिडोरको दोस्रो खण्डको काम सकिएसँगै परीक्षणको काम भइरहेको छ । इलामको सोयाकदेखि पाँथरको थापाटारसम्मको ४२ दशमलव ८८ मिलोमिटरको दोस्रो खण्डको काम सकिएको हो । झापाको लखनपुरदेखि पाँचथरको अमरपुरसम्मको प्रसारण लाइनमध्ये इलामकासम्मको पहिलो खण्डको काम दुई वर्षअगाडि नै सकिएको थियो । प्रसारण लाइनको काममा विभिन्न कारणले ढिलाई भएको थियो । ९१ किलोमिटर प्रसारण लाइनमधये सबैभन्दा लामो दोस्रो खण्ड रहेको छ । विभिन्न चरणमा परीक्षण्का कामहरु भइरहेको आयोजना प्रमुख दिपेन्द्रराज द्धिवेदीले जानकारी दिए । थापाटारमा रहेको सवस्टेसनसम्मको प्रसारण लाइनको परीक्षण भइरहेको हो ।

तयसैगरी आजको नागरिक दैनिकमा “सदरमुकाममै पाँच लाख लुटपाट” शीर्षकको अर्को समाचार पनि छापिएको छ । आइतबार बिहानै जलेश्वर नगरपालिका १२ सदरमुकाममै पाँच लाख बराबरको लुटपाट गरेर भाग्न सफल बनेको घटनालाई स्थानीयबासीले प्रहरी सुरक्षा दिन असफल भएको टिप्पनी गरेका छन् । पछिल्लो क्रममा महात्तरी जिल्लाकै सदरमुकाम रहेको जलेश्वर नगरपालिकामा दिनहुँ चोरीका घटना हुँदै आएका छन् । मोटरसाइकल चोरी, गरगहना चोरी, पानी तान्ने मोटर, विधुतीय पार्टको चोरी र लुटपाटको कैयौ घटनालाई सदरमुकाममै अपराधीले अँजाम दिदै आएको छ । छिटफुट चोरीको घटनामा संलग्नलाई प्रहरी पक्राउ गरे पनि अधिकांश चोरी र लुटपाटका घटनामा संलग्न अपराधीलाई पक्रन महोत्तरी प्रहरी असफल सावित हुदैँ आएको छ ।